जेठ १ , भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर १ र २ को गणना सकिएको छ ।भरतपुर १ को ३२७७ र भरतपुर २ को ४८०८ गरेर अहिले सम्म ८०८५ मत गणना सकिएको छ । ८०८५ मत गन्दा ५ दलिय गठबन्धन उमेदवार रेनु दाहालको अग्रता देखिएको छ । रेनुले अहिले सम्म २९१८ मत पाएकी छन् ।
त्यस्तै एमाले -राप्रपा गठबन्धनको उमेदवार विजय सुबेदीले २९१५ मत पाएका छन् ।नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गर्दै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको ९२४ मत आएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २ मा गठबन्धनको तर्फ बाट नेपाली कांग्रेस उमेद्वार मनोज रानाभाट विजयी भएका छन् ।कांग्रेस उमेद्वार मनोज रानाभाटले नेकपा एमाले उमेद्वार कृष्ण केसीलाई छाडि पार्दै वडाध्यक्षमा जित हात पारेका हुन् । मनोज रानाभाटले खसेको ४८०८ मतमा २१०५ मत पाएर विजयी भएका हुन् । एमाले उमेद्वार कृष्ण केसीले २०५८ मत पाएका थिए ।
भरतपुरमा (८०८५) जम्मा मत) २ नम्बर वडाको अन्तिम परिणाम
रेनु दाहाल: २९१८
बिजय सुवेदी:२९१५
जगन्नाथ पौडेल: ९२४
उपमेयर:
चित्रसेन अधिकारी- ३१९६
हिमला गुरुङ २३१६
अध्यक्ष
सुर्य २०५८
रुख २१०५
यसअघि वार्ड १ मा पनि ५ दलिय गठबन्धनबाट नेपाली कांग्रेसका उमेद्वार केशव महर्जन वडाध्यक्षमा विजयी हुनुभएको छ ।


