जेठ २ , भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । गठबन्धनकी उम्मेदवार रेनु दाहालसँग कडा प्रतिस्पर्धा गर्दै विजयले अग्रता बढाएका हुन् ।नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३३२७ मत ल्याउँदा एमालेका सुवेदीले ३३४२ मत ल्याएका छन् ।त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२०४ मत ल्याएका छन् ।
भरतपुर महानगरपालिकामा अहिलेसम्म दुई वडाको परिणाम सार्वजनिक भएको छ । दुवैमा कांग्रेस उमेदवार विजयी भएका छन् । वडा नम्बर ३ को वडाध्यक्षमा एमाले अग्रता लिएको छ । अहिले सम्म ९४४२ मतको गणना सकिएको छ ।
भरतपुरको ताजा अपडेट :
वार्ड नम्बर ३ गणना भैरहेको (९४४२)
मेयर
३३४२ विजय सुवेदी (एमाले)
३३२७ रेनु दाहाल (माओवादी)
१२०४ जगन्नाथ पौडेल ( स्वतन्त्र )
उपमेयर
३७१६ चित्रसेन अधिकारी ( काङ्ग्रेस )
२६६५ हिमला गुरुङ्ग (राप्रपा )
वडा अध्यक्ष
विकास थापा (सूर्य) – ६७७
भरत लामिछाने (रुख) – ४२९


