काठमाडौं , कार्तिक ०५
गयराती चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटनमा परेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका २ जनजिवन टोलस्थित भित्री सडकमा बागमती प्रदेश ०३ ००५ प ४३०२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा परिचय नखुलेका अन्दाजी २२ २३ वर्षका युबक घाइते भएका थिए । टाउकोमा गम्भिर चोट लागेको उनको भरतपुर अस्पतालमा उपचारका क्रममा राती १ः१३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यस्तै चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा मंगलबार साँझ बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ३ ख ९९८६ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बीएबी ५००८ नम्बरको कार एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालका अनुसार बसमा सवार रत्ननगर–१० की ३३ वर्षीया पूजा सुबेदीको उपचारका क्रममा भरतपुर अस्पतालमा साँझ मृत्यु भएको हो ।


