जेठ २ , चितवन। भरतपुर महानगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेस उमेद्वार भरत लामिछाने पराजित भएका छन् । कांग्रेसको गढ मानिएको यस वार्डमा नेकपा एमालेका विकास थापा वडाध्यक्षमा विजयी भएका छन् ।
नेकपा एमालेका विकास थापा १६५६ मत पाउदा उनको प्रतिद्वन्द्वी भरत लामिछानेले १०४९ मत पाएका छन्।
कांग्रेस भित्रको आन्तरिक कलहले यस वार्डमा वडाध्यक्ष हारेको कांग्रेस नेताहरुको दाबी छ ।नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गर्दै स्वतन्त्र उमेदवार तारा मित्र पण्डितले वडाध्यक्ष उमेद्वार दिएका थिए तर पछि उनको उमेद्वारी निस्क्रिय बनाउने सहमति भएको थियो ।
क्षेत्रीय सभापति समेत रहेका भरत लामिछानेले तारा मित्र पण्डितलाई वार्ड बाट सिपारिस हुदा समेत पछि आफ्नो नाम वडाध्यक्ष दिए पछि व्यापक बिरोध भएको थियो ।
तपाईको प्रतिक्रिया


