जेठ २ , माडी । माडी नगरपालिकामा रोकिएको मतगणना फेरि सुरु भएको छ । माडीका निर्वाचन अधिकृत चुडामणि शर्मा गौतमले विवादपछि रोकिएको मतगणना फेरि सुरु भएको बताए । माडी नगरपालिका वडा नं ३ को मतपेटिका सिल नै नभएको भेटिएपछि विवाद भएको थियो ।
निर्वाचन अधिकृत गौतमले भने, ‘सिल नभएको मतपेटिकाको विषयमा कसरी अघि बढ्ने भन्ने छलफल पनि चलिरहेको छ, साँझसम्ममा केही निकास निस्केला । अहिले वडा नं ३ को गणना कार्य बन्द गरेर वडा नं ४ को गणना सुरु गरेका छौँ ।’ उनले माडीमा उमेदवार नै नभएको चिन्हमा पनि मत परिरहेको बताए ।
तपाईको प्रतिक्रिया


