काठमाडौँ ,कार्तिक १८
यहि शुक्रबार कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘मन बिनाको धन’ को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।
यो धनले बोलको सार्वजनिक गीतमा शिव परियार र प्रमोद खरेलको स्वर रहेको छ भने गीतको शब्द तथा संगीत टंक बुढाथोकीको रहेको छ । गीतलाई रिकेश गुरुङको एरेन्ज गरेका हुन् ।
चलचित्रको ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले आफुलाई ठुलो हौसला मिलेको र चलचित्रलाई पनि दर्शकले मन पराउने बिश्वास रहेको निर्देशक टंक बुढाथोकीले बताए ।चलचित्रको ट्रेलरलाई युटुबमा १० लाख बढी पटक हेरिसकिएको छ ।चलचित्रले प्रचार सामाग्री मार्फत् दर्शकमाझ बनाएको हाइपका कारण व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा निर्माण टिमको छ ।
चलचित्र अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।
फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।


