जेठ 2, मुग्लिन । हावाहुरीका कारण बिजुलीको पोल ढल्दा इच्छाकामना ५ स्थित पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवन प्रहरीका अनुसार बिजुलीको पोलसँगै रुख ढल्दा दुबैतर्फी राजमार्ग अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी र विद्युत प्राधिकरणबाट कर्मचारी घटनास्थलमा गइरहेका चितवन प्रहरीले जनाएको छ । अवरुद्ध सडक छिटै खुलाइने प्रहरीको भनाइ छ ।
तपाईको प्रतिक्रिया


