जेठ २ , चितवन । माडी नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का माधव चापागाईं निर्वाचित हुनुभएको छ ।बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत माओवादी केन्द्रका चापागाईंले १७५ मतान्तरबाट एमाले राप्रपा गठबन्धन अन्तरगत नेकपा एमालेका उम्मेदवार रामेश्वर महतोलाई पराजित गर्नुभएको हो । चापागाईंले ९२३ र महतोले ७४८ मत पाउनुभएको हो ।
माडी नगरपालिकामा माओवादी केन्द्र यस अघि वार्ड नं.२ र ९ मा विजयी भएको छ भने राप्रपाले वार्ड नं.१ र ८ मा विजयी भएको छ ।त्यस्तै माडी नगरपालिका वडा नं. ७ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का नेतृ चन्द्रा बानियाँ निर्वाचित हुनुभएको छ ।
तपाईको प्रतिक्रिया



