काठमाडौँ, कात्तिक ३०
मंसिर १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हर्ष’ को टिम चलचित्रको प्रचार प्रसारको लागि चितवन आएको छ । आइतबार चलचित्र टिमले चितवनमा पत्रकार भेटघाट गरेर चलचित्रको बारेमा जानकारी दिएका छन् ।
चलचित्रको निर्देशक एकता पौडेल , कलाकारहरु वर्षा राउत ,सन्तोष पन्त, साइमन वादी र कोरियोग्राफर सुनिल क्षेत्रीको लगायत चितवनमा भईरहेको महोत्सव तथा कलेजमा पुगेर चलचित्रको बारेमा जानकारी दिएका छन् ।

पत्रकार भेटघाटमा चलचित्रकी निर्देशक एकता पौडेलले आफु चितवनको चेली भएकोले चलचित्र ‘हर्ष’ ले चितवनबासीको माया पाउने बताउनु भएको छ । पौडेलले धेरै मेहेनेत गरेर चलचित्र निर्माण गरेको छु सबैको साथ र सहयोग पाउने आशा गर्नु भयो ।नायिका वर्षा राउतले ‘हर्ष’ एउटा पारिवारिक चलचित्र बनेको र सबैले मन पराउने बिश्वास गर्नु भयो ।

कलाकार सन्तोष पन्तले एउटा महिला निर्देशकले मेहेनेत गरेर सुन्दर चलचित्र निर्माण गरेको हुनाले सबैले हेरेर साथ दिन आग्रह गर्नु भयो ।कोरियोग्राफर सुनिल क्षेत्रीले चलचित्र राम्रो बनेको हुदै महोत्सबमा बिशेष प्रस्तुति लिएर आफु उपस्थिति भएको बताउनु भयो ।
चितवनमा नै सम्पूर्ण छायांकन भएको चलचित्र ‘हर्ष’ को निर्देशक एकता पौडेलस्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।
चलचित्रमा खगेन्द्र लामिछाने , वर्षा राउत निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय रहेको छ ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको चलचित्रका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।


