जेठ ३ , खैरहनी । खैरहनी नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेबाट वडा अध्यक्ष पदमा उम्मेदवार भएका कमल प्रसाद न्यौपाने १ हजार २ सय १२ मत ल्याएत विजयी भएका हुन् ।
उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार रामेश्वर बर्तौलालाई २ सय २८ मतको मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।बर्तौलाले ९ सय ८४ मत प्राप्त गरेका छन् । न्यौपानेसंगै उनको प्यानल नै विजयी भएको छ । वडा सदस्यहरुमा जीवन कुमार चौधरी १ हजार १ सय ४६ मत , विकेन्द्र चौधरी १ हजार १ सय ५७ मत , दलित महिला सदस्यमा मेनुका परियार १ हजार २ सय १५ र महिला सदस्यमा कमला कुमारी बस्नेत १ हजार २ सय ३४ मत ल्याएर निर्वाचित भएका छन् ।
तपाईको प्रतिक्रिया


