जेठ ३ , चितवन । भरतपुर महानगर पालिकाको वार्ड नम्वर ५ को मतगणना भईरहेको छ । वडा नम्बर ५ को मतगणना जारी रहँदा वडाध्यक्षमा भने कडा प्रतिस्पर्धा देखिएको छ । अहिले सम्म १३१७ मतगणना वडाध्यक्षमा ६ मतान्तर देखिएको छ ।
वार्डमा वडाध्यक्षमा कांग्रेसका युद श्रेष्ठले ५७८ मत पाउदा र एमालेका पदमपाणी सुवेदीले ५७२ मत ल्याएका छन्। यस वार्डमा यसअघि वडाध्यक्षमा पदमपाणी सुवेदीले जितेका थिए ।वार्डमा ६४४२ मतदाता रहे पनि ४५९४ मत खसेको छ ।

तपाईको प्रतिक्रिया


