जेठ ३ , चितवन । स्थानीय निर्वाचन अन्तरगत माडीको नगर प्रमुखमा राप्रपा-एमाले गठबन्धन अन्तरगत नेकपा (एमाले) नेतृ ताराकुमारी काजी महतो निर्वाचित हुनुभएकोे औपचारिक घोषणा भएको छ ।
माडीमा २० हजार ४९५ मतदान भएकोमा नगर प्रमुखमा निर्वाचित हुन सफल महतोले ९९०१ मत पाउनुभयो । उहाँका निकटतम् प्रत्यासी बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का ऋषि काफ्लेले ७७२९ मत पाउनुभएको छ । यसप्रकार महतो २१७२ मतान्तरसहित नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।
नगरप्रम्ुख महतो यसअघि माडी नगरपालिकाको नगर उपप्रमुख निर्वाचित भई जनप्रतिनिधीका रुपमा रुपमा एक कार्यकाल र त्यसअघि सोही नगरपालिका तथा साविकको बघौंडा गा.वि.स.मा कर्मचारीका रुपमा लामो अवधी सेवा गर्नुभएको छ । माडीमा नगरप्रमुख र उपप्रमुख दुबैजना थारु समुदायबाट निर्वाचित हुनुभएको हो ।
तपाईको प्रतिक्रिया


