जेठ ३ , चितवन । स्थानीय निर्वाचन अन्तरगत माडीको नगर उप-प्रमुखमा बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत नेपाली काँग्रेसका खेम प्रसाद महतो निर्वाचित हुनुभएको औपचारिक घोषणा भएको छ ।
माडीमा रहेका कूल २८ हजार ३२० मतदाता मध्ये २० हजार ४९५ मतदान भएकोमा नगर उप-प्रमुखमा निर्वाचित हुन सफल महतोले ६८३० मत पाउनुभयो । उहाँका निकटतम् प्रत्यासी एमाले राप्रपा गठबन्धन अन्तरगत राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मदन पौडेलले ५१४० मत पाउनुभयो भने अनपेक्षित ढंगले शसक्त दाबेदारी प्रस्तुत गर्नुभएका स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद पौडेलले ३०८६ मत पाउनुभएको छ ।
यसैगरी, नगर उपप्रमुख पदमै बिप्लव नेतृत्वको नेकपा सम्बद्ध स्वतन्त्र उम्मेदवार टिका न्यौपाने (गुलाब चिन्ह)ले ९१ र नेपाल नागरिक पार्टीका सीता कुमारी बोट (चङगा चिन्ह)ले ३५ मत पाउनुभएको छ । नगर उपप्रमुखमा बिजयी हुन सफल महतो काँग्रेसका अगुवा थारु नेता हुनुहुन्छ । उहाँ २०७४ को माडी नगर निर्वाचनमा नगर प्रमुखमा झिनो मतान्तरले पराजित हुनुभएको थियो ।



