काठमाडौं, मंसिर १५
आगामी पुस १० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मुगलान’को नयाँ गीत ‘मेरो प्रियमत’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले सोमबार सार्वजनिक गरेको यस गीतमा मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई फिचर गरिएको छ। भिडियोमा उनीहरूको केमेस्ट्री निकै आकर्षक देखिन्छ।
गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर समावेश छ। सिर्जना लम्सालको शब्दरचना रहेको गीतमा किरण भुसालले संगीत भरेका छन्। संगीत संयोजन रिदम कँडेलको छ भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन्। गीतको कोरियोग्राफी देवेन्द्र कुँवरले र छायांकन अजय रेग्मीले गरेका छन्। यसअघिको गीत ‘पिन्टु पियारी’ लाई दर्शकले राम्रै प्रतिक्रिया दिएका थिए, जसले फिल्मप्रति दर्शकको उत्सुकता अझ बढाएको छ।
रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘मुगलान’मा प्रभात र स्मारिकासँगै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोलालगायत कलाकारको अभिनय छ।
फिल्म आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको हो। निर्माता गोमन सिंहको यो डेब्यु निर्माण हो भने को–प्रोड्युसरमा रिता चौधरी छिन्। फिल्मको सम्पादन तारा थापा ‘किम्भे’, द्वन्द्व निर्देशन जय बिष्ट र राम गुरु, तथा डिओपी अजय रेग्मी छन्।
फिल्ममा संगीत किरण भुषालको रहेको छ। गायनमा शान्तिश्री परियार, प्रताप दास, बेनिशा पौडेल र हरि गिरी (विमर्शी)को आवाज सुनिन्छ। गीत लेखनमा आशिष ढकाल, सिर्जना लम्साल र **हरि गिरी (विमर्शी)**ले सहयोग गरेका छन्। फिल्मको वितरण आर आर फिल्म्सले गर्नेछ।


