• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

गाई दुहुन घरघरै पुग्छन् मुन्ना

  •   बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित

विराटनगर, मङ्सिर २४ गते । मुन्नाका बुवाआमा सानैमा बिते । बुवाआमा बितेसँगै टुहुरो बनेका मुन्ना सानै उमेरदेखि घरेलु कामदारका रूपमा अर्काको घरमा बस्न बाध्य हुनुभयो । बाध्यताले बालश्रमिक बन्न पुगेका मुन्नाको दैनिकी सानै उमेरदेखि घाँसदाउरा गर्ने र गाई चराउने थियो । त्यही क्रममा उहाँले गाई दुहुन सिक्नुभयो र अहिले त्यही सिप उहाँको जीविकोपार्जन गर्ने बलियो माध्यम बन्यो ।

हातमा सिप र जाँगर भए भोकले मरिँदैन भन्ने भनाइलाई विराटनगर–५, विशाल चोकका २८ वर्षीय मो. मुन्नाले पुष्टि गर्नुभएको छ । दुध दुहुन पारङ्गत मुन्ना अचेल यही पेसा गरेर तीन जनाको परिवार धान्दै आउनुभएको छ । विगत १४ वर्षदेखि गाउँघरमा छरछिमेकले पालेका गाई दुहुने र त्यही पेसाको आम्दानीले परिवारको गुजारा टार्ने र बालबच्चालाई विद्यालय पढाउन मुन्ना सफल हुनुभएको छ । यति मात्र होइन, उहाँको हातमा राजमिस्त्रीको सिप पनि छ तर उहाँको मुख्य पेसा भने हालसम्म गाई दुहुने नै छ । उहाँ भन्नुहुन्छ, “म त सानैमा टुहुरो बने र पठ्न पाइन त्यही सम्झेर अहिले बालबच्चालाई दुःख गरेर अर्काको गोठ गोठ चहारेर भए पनि राम्रै ढङ्गले पठाइरहेको छु, घडेरी पनि जोडेको छु ।”

मुन्नाको जीवनी अरू जोकोहीका लागि प्रेरणाको स्रोत बन्ने मुन्नालाई जान्ने बुझ्ने स्थानीय बताउँछन् । विराटनगर–५, विशाल चोकका लक्ष्मी खरेल भन्नुहुन्छ, “अभिभावकलाई दङ्ग्याएर वैदेशिक रोजगारीमा विदेश पलायल हुने युवालाई मुन्नाको जीवनीले राम्रो पाठ सिकाउँछ ।”

मुन्नाले एक वर्षअघिसम्म दैनिक २० वटासम्म गाई दुहुँदै आउनुभएको थियो । अहिले त्यो सङ्ख्या घट्दै आएको छ । अहिले उहाँ दैनिक आठ वटा गाई दुहुन घर घरमा पुग्नुहुन्छ । दैनिक चार घण्टा उहाँको काम गाई दुहेरै बित्ने गर्छ । बिहान ५ बजेदेखि ८ बजे र साँझ पाँचदेखि ७ बजेसम्म उहाँ गाई दुहुने गर्नुहुन्छ । गाई दुहेर उहाँले अहिले मासिक २५ हजार आम्दानी गर्नुहुन्छ । एउटा गाई दुहेको तीन हजारदेखि तीन हजार पाँच सयसम्म लिने गर्नुहुन्छ । एक वर्षअघिसम्म २० वटा गाई दुहुँदा राम्रै आम्दानी भएको पनि उहाँले बताउनुभयो । एउटै घरमा उहाँले बर्सौंदेखि दुध दुहुँदै आउनुभएको छ ।

गाई दुहेर छोरालाई स्कुल पढाउन र घर खर्च धान्न सकेको मुन्ना बताउनुहुन्छ । उहाँले गाई दुहेर कमाएको आम्दानीले विराटनगर–५ मा पाँच धुर घडेरी पनि खरिद गर्नुभएको छ तर पछिल्लो समयमा घरमा गाई पालेर दुध खाने परिवारको सङ्ख्या घट्दै जाँदा उहाँको आयस्रोत पनि कमी हुँदै गएको छ । हिजोआज घरमा वृद्धवृद्धा मात्रै हुने र गाई स्याहार गर्ने परिवारका सदस्य बिदेसिने कारणले गाई पाल्नेको सङ्ख्या घट्दै गएको उहाँको भनाइ छ । गाई पाल्नेको सङ्ख्या घट्दै गए पनि अहिलेसम्म गाई दुहेरै जीवन निर्वाह भइरहेकाले अन्य पेसातिर आफूले तत्काल नसोचेको उहाँले बताउनुभयो । दिउँसोको समयमा गाईका लागि घाँस काट्ने र राज मिस्त्रीको काम पनि उहाँले गर्नुहुन्छ तर राजमिस्त्रीको काम नियमित नहुने मुन्ना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दुध दुहुने काम दैनिक हुन्छ, मेरो बानी नै परिसक्यो ।”

आफ्नो घरमा मुन्नाले करिब सात वर्षदेखि गाई दुहुँदै आएको विराटनगर–५ की रमा थापा बताउनुहुन्छ । घरमा दुध दुहुने सिप भएका कोही नभएकाले मासिक पारिश्रमिक दिएरै राखिएको उहाँको भनाइ छ । दुई वटा गाई पाल्दै आउनुभएकी रमा भन्नुहुन्छ, “दुध दुहुन पनि राम्रो सिप हुनु पर्छ ।” घरमा गाई पालेर दुध खानुको आनन्द नै अलग्गै हुने थापाको भनाइ छ ।

बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.