• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

नेपाली साइन्स–फिक्सन फिल्म ‘एक्लो’को ट्रेलर सार्वजनिक

  •   बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित

काठमाडौं, मंसिर २५
नेपाली सिनेमा क्षेत्रमा नयाँ प्रयोग मानिएको साइन्स–फिक्सन फिचर फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरको लाविम मलबमा आज आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो। करिब ३ मिनेटको ट्रेलर ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। कार्यक्रममा फिल्मका लेखक तथा निर्देशक प्रदीप शाही सहित मुख्य कलाकारको उपस्थिति थियो।

कार्यक्रममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरीलगायत कलाकार सहभागी भए। चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका दिनेश डीसीले व्यस्तताका बीच चलचित्रको विषयवस्तु मन परेर काम गरेको बताए। निर्देशक शाहीले ‘एक्लो’ लाई टेक्निकल तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने फिल्म भएको भन्दै प्रशंसा गरे।

निर्देशक शाही यसअघि ‘अन्तिम संस्कार’ र ‘गोर्खा: ब्रेथिङ द ब्रेभरी’ निर्देशन गरिसक्ने अनुभवी फिल्म मेकर हुन्। उनले ‘एक्लो’मा पूर्वीय आध्यात्मिक परम्परालाई पश्चिमी शैलीका साइ–फाइ तत्वसँग संयोजन गरेको बताए।

फिल्मको छायांकन काभ्रेको पनौती र मुस्ताङमा गरिएको हो। कथाअनुसार सन् २०३० सम्म पृथ्वीमा फैलिएको खतरनाक भाइरसका कारण मानिस पृथ्वी छाड्न बाध्य हुन्छन्। त्यसको करिब ६० वर्षपछि बेलायती अन्तरिक्ष यात्री ज्याक (जेमी बेकन) र उनका साथीसाथी हिमालय क्षेत्रमा क्रास–ल्यान्डिङ गर्छन्।

वरपरको खोजी गर्दै जाँदा उनीहरूले पहाडबीचको गुफामा लुकेको रहस्यमयी शहर पत्ता लगाउँछन्, जहाँ उनीहरूले हिमालय क्षेत्रको पौराणिक संरक्षक मानिने पात्र (प्रदीप खड्का) लाई भेट्छन्। यसपछि कथा अझ रहस्यमय मोडतर्फ उन्मुख हुन्छ। निर्देशक शाहीका अनुसार कथाको बाँकी भाग दोस्रो अध्यायमा प्रस्तुत गरिनेछ।

फिल्म ‘एक्लो’ ले कान्स फिल्म फेस्टिभलको ७८ औँ संस्करणमा समेत सहभागिता जनाइसकेको छ, जहाँ यसले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र ओटीटी प्लेटफर्महरूसँग सम्पर्क विस्तार गरेको निर्माण टिमले जानकारी दिएको छ।

फिल्मको पहिलो ऐतिहासिक प्रिमियर आगामी डिसेम्बर २८ मा अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध Museum of the Moving Image मा हुने तय भएको छ।साइन्स–फिक्सन विधामा बनेको ‘एक्लो’ पुस १७ गतेदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आउनेछ।

फिल्ममा प्रदीप खड्का, जेमी बेकन, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतको अभिनय रहेको छ।

एनआरएन समूहको लगानीमा बनेको चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।छायांकन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा, र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ले सम्हालेका छन्।

बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.