जेठ ४ , चितवन । चितवनको खैरहनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शशिकुमार खनिया निर्वाचित भएका छन्। उनले एमालेका लालमणि चौधरीलाई पराजित गरेका हुन्। चौधरी यसअघि उक्त नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। खनियाले १४५४५ र चौधरीले १३६९५ भोट पाए।
उपमेयरमा एमालेकी कविता उप्रेती निर्वाचित भइन्। उप्रेतीले १४१६४ र माओवादी केन्द्रकी लक्ष्मी ढकालले ९६७० भोट ल्याए। ढकाल गठबन्धनबाट उपमेयरको उम्मेद्वार हुन्।
खैरहनीको ५ वटा वडामा नेकपा एमालेको प्यानलनै विजयी भएका छन् भने नेपाली कांग्रेसले ४ वटा वडामा प्यानलमै विजयी भएका छन् । खैरहनीको वडा नम्बर ४,५,६,७,९,११ मा एमालेका सबै उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर २,८,१० र १२ मा नेपाली कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन् । त्यस्तै वडा नम्बर १ र ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ५ र १३ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।



