जेठ ४ , चितवन । भरतपुर महानगरपालिका वडा नं. ७ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेकपा (एकीकृत समाजवादी) राजेन्द्रमणि काफ्ले निर्वाचित भएका छन्। उनले नेकपा एमालेका सनत कुमार लामिछानेलाई पराजित गरेका हुन्।
समाजवादीका उमेद्वार राजेन्द्रमणि काफ्लेले १८९४ मत पाउदा मालेका सनत कुमार लामिछानेले १७२२ मत पाएका छन् । राजेन्द्रमणिले वडा नं. ७ को वडाध्यक्षमा १७२ मतान्तरले जितेका छन् ।यस वार्डमा ६८८२ मतदाता रहे पनि ४६४१ मत खसेको थियो ।

यो सगै भरतपुरको अहिले सम्म ७ वार्डको मतगणना सकिएको छ ।अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ४, ५ र ६ गरेर ५ वटा वार्ड जितेको छ भने एमालेले वडा न. ३ जितेको छ ।यस्तै समाजवादीले पहिलो वार्ड जितेको हो ।यति बेला वार्ड नम्वर ८ को पनि मत गणना चलिरेको छ भने वार्ड ९ को मतगणना सुरु गर्न लागिएको छ ।मेयरमा भने रेनु दाहालले विजय सुवेदीलाई फराकिलो मतान्तरले पछि पारेकी छिन् ।





