• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक

  •   आइतबार, पुष ०६, २०८२ मा प्रकाशित

काठमाडौं, पौष ०६
पौष ४ गतेबाट देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ले आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको छ। हलमा प्रदर्शनरत चलचित्रले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले नयाँ गीत सार्वजनिक गर्दै दर्शकको आकर्षण अझै बढाउने प्रयास गरेको हो।

मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट, गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर रहेको गीतमा चलचित्रका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल तथा बाल कलाकार दिप्सन चिलवालको अभिनय देख्न सकिन्छ। निर्माण टिमले गीतले चलचित्रप्रति दर्शकको रुचि थप बढाउने विश्वास व्यक्त गरेको छ।

सिनेमाका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ सहित कलाकार गणेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेती, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाल तथा लेखक गणेश कार्कीले काठमाडौं उपत्यकाका विभिन्न हलमा उपस्थित भई दर्शक प्रतिक्रिया संकलन गरिरहेका छन्। दर्शकहरूले चलचित्रले नेपालको वर्तमान अवस्थालाई यथार्थ ढंगले प्रस्तुत गरेको भन्दै प्रशंसा गरिरहेका छन्।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, काठमाडौं महानगरका मेयर बालेन शाह, महानगर प्रहरी प्रमुख राजु पाण्डे, जेनजी नेता सुदन गरुङलगायतले चलचित्र हेरिसकेका छन्। उनीहरूले सिनेमालाई सन्देशमूलक, उत्कृष्ट र हेर्नैपर्ने चलचित्रको रूपमा प्रशंसा गरेका छन्।

चलचित्रमार्फत अभिनेता गणेश उप्रेतीले नौ वर्षपछि पर्दामा कमब्याक गरेका छन्। उनका कारण अघिल्लो पुस्ताका दर्शक पनि हलमा तानिने अपेक्षा गरिएको छ। चलचित्रमा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला तथा प्रियाना आचार्य (मुन्नी) लगायत कलाकारको अभिनय छ। साथै, एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिएका छन्।

निर्देशक घिमिरेकै कथामा आधारित चलचित्रबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन्। जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन्। बाल कलाकार दिप्सन चिलवाल पनि प्रमुख भूमिकामा छन्। पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् भने सिनेमाको छायांकन बुद्ध थापाले गरेका छन्।

नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको चलचित्रले नेपालको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई कथावस्तु बनाएको छ। एक इमानदार कर्मचारी तथा बाबुको संघर्ष कथा पनि सिनेमामा प्रस्तुत गरिएको छ।चलचित्रका सह-निर्मातामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की छन् भने लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन्।

आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.