काठमाडौँ — सामाजिक तथा राजनीतिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘बिगुल’ को शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गरिएको गीतमा युवराज चौलागाई र अनु चौधरी को स्वर रहेको छ। गीतमा अभिनेत्री बेनीशा हमाल र अभिनेता नरेन खड्का फिचर्ड छन्। गीतको शब्द तथा संगीत अर्जुन पोखरेल ले तयार गरेका हुन्।
रमेश कोइराला को निर्देशनमा निर्माण भएको चलचित्र ‘बिगुल’ का कथाकार तथा निर्माता दिनेश कोइराला हुन्। आगामी माघ ९ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रले पछिल्लो समय प्रदर्शनमा आएका एकैखाले सिनेमाभन्दा फरक ढंगले राजनीति, परिवार, समाज, सम्बन्ध र मनोरञ्जन लाई समेटेर कथा बुनेको निर्माण पक्षको दाबी छ।
म्याग्नोलिया ग्रुप को ब्यानरमा बनेको चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जे.एन. घिमिरे, गीता अधिकारी, मीरा पण्डित र मानश्री शर्मालगायत कलाकारको अभिनय रहेको छ।
कल्पना पौडेल को प्रस्तुति रहेको चलचित्रको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठ ले लेखेका हुन्। चलचित्रमा शिव ढकाल को छायांकन, कमल राई र कविराज गहतराज को नृत्य निर्देशन, एनभी महर्जन को द्वन्द्व निर्देशन तथा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाई को संगीत रहेको छ। सम्पादनको जिम्मेवारी तारा थापा ‘किम्भे’ ले सम्हालेका छन्।
चलचित्रका सह–निर्माता सूर्यकान्त कोइराला र महेश कोइराला हुन्। ‘बिगुल’ को वितरण काफिया फिल्म्स र श्री ब्यांकटेस इन्टरटेन्मेन्ट ले गर्नेछन्।


