• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

सम्पदा संरक्षण गर्ने नीतिगत प्रयास

  •   शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित

काठमाडौँ, पुस ११ गते । सर्वोच्च शिखर सगरमाथाको देश नेपाल तर सरकारसँग यसको दीर्घकालीन संरक्षण गर्न सघाउने कुनै छुट्टै नीतिगत व्यवस्था हालसम्म छैन । पछिल्लो समय हिमाल र पर्वतको संरक्षण अवधारणामा नेपालले नेतृत्व गर्दै गर्दा त्यसलाई अघि बढाउने हिमालसम्बन्धी नीतिगत दस्ताबेज आफैँसँग नहुँदा अप्ठ्यारो भोग्नु परेको अनुभव सरकारसँग छ । त्यही अभाव पूर्ति गर्न वन तथा वातावरण मन्त्रालयले विभिन्न मन्त्रालयसँगको सहकार्यमा नेपालको हिमाल रणनीति बनाउन लागेको छ ।

सर्वोच्च शिखर सगरमाथासहित विश्वका उच्च १४ वटा हिमालमध्ये आठ वटा नेपालमा छन् । विश्व पर्वतारोहण सङ्घले अनुमोदन गर्ने चरणमा रहेको पछि थप भएका अन्य छ वटा हिमालसमेत जोड्ने हो भने विश्वका अग्ला हिमालमध्ये १४ वटा नेपालसँग र बाँकी छ वटा मात्र विदेशी भूमिमा हुने छन् । हिमाल संरक्षणसँगै नेपालको आर्थिक तथा भौतिक विकाससँग हिमाललाई प्रत्यक्ष जोड्ने सरकारको पहलसहित रणनीतिको मसौदा गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । उक्त हिमाल रणनीतिको नाम ‘जीवन्त सगरमाथा’ राखिएको जानकारी मसौदाकार डा. सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

अङ्ग्रेजीमा ‘नेपाल्स माउन्टेन रेजिलियन्ट स्ट्राटेजी’ भनेर प्रस्ताव गरिएको छ । ढुङ्गानाका अनुसार नेपाली नाम सगरमाथाबाट अरू हिमालको पनि सम्बोधन हुनुका साथै सांस्कृतिक विविधताले अत्यन्तै धनी मानिएको हिमाली क्षेत्रको संरक्षण नै नेपालको भविष्यको संरक्षण हो भन्ने बुझाउन खोजिएको छ । नेपालको आर्थिक तथा सामाजिक समृद्धिसँगै हिमालको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र त्यसको नेपालले नेतृत्व लिने गरी थप दुई वटा राजनीतिक उद्देश्य रणनीतिले बोकेको छ । अर्कोतर्फ विश्वव्यापी र क्षेत्रीय मञ्चहरूमा नेपालले सगरमाथा र यहाँका उच्च हिमालका बारेमा बोल्दा नीतिगत स्पष्टतासहित यस रणनीतिलाई अगाडि लैजाने राजनीतिक उद्देश्य रणनीतिले लिएको छ । हिमाल हुनु नेपालका लागि वरदान हो । यसको संरक्षण गर्न कस्ता चुनौती छन् भन्ने सवालमा राणनीतिले स्पष्ट बोल्ने छ । उहाँले भन्नुभयो, “समग्र नेपाल पर्वतीय मुलुक हो किनभने २५५ लाख वर्ष पहिले समुद्रबाट माथि उठ्दै गर्दा सबैभन्दा पहिले अग्लो हिमालसँगै, महाभारत पर्वत, चुरे पर्वत हुँदै तराईको भूभाग बनेको थियो ।”

१२ हजार वर्ष पहिलेदेखि पर्वतीय क्षेत्रमा मानिसको बसोबास रहँदै आएको पाइन्छ । हिमालदेखि तराईसम्मको जैविक विविधतायुक्त मानवीय, सामाजिक, आर्थिक तथा भौगोलिक सम्पदाको संरक्षण गर्ने नीतिगत दस्ताबेजका रूपमा रणनीति ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनको असरले सर्वोच्च शिखर सगरमाथादेखि हिन्दुकुश हिमालय अन्तर्गत पर्ने नेपालका हिमालको हिउँ पग्लने क्रम बढेको छ ।

विश्वमा नेपालले हिमाल संरक्षणको मुद्दालाई स्थापित गर्ने चरणमा पुग्दा नेपालसँग आफ्नै रणनीति हुनु अत्यावश्यक भएको महसुस भएकाले पनि रणनीति बनाउँदै गरिएको हो । उहाँले थप्नुभयो, “नेपालको हिमाल मात्र हिमाल होइन, विश्व मानव सभ्यताकै उच्च प्रतीक हो, यसको संरक्षणलाई कानुनी रूपमै व्यवस्थित गर्नु पनि रणनीतिको उद्देश्य हो ।”

वन तथा वातावरण मन्त्रालयस्थित जलवायु परिवर्तन महाशाखाका प्रमुख डा. महेश्वर ढकालका अनुसार हिमालको सन्दर्भमा हिमालको पुनरुत्थानसँगै यहाँका मानिसको विकास र समृद्धिको द्योतकका रूपमा रणनीति आउन लागेको हो । विश्वव्यापी विकाससँगै बढ्दो तापक्रमले हिमालको हिउँ अधिक पग्लन थालेको छ । त्यति मात्र होइन, हिउँ पग्लेर हिमालका काखमा सानाठुला अनगिन्ती हिमताल बनिरहेका छन् । तीमध्ये केही ताल विस्फोट भएर विगत तीन वर्षयता मात्र सोलुखुम्बु, हुम्ला, मनाङ, मुस्ताङ, सिन्धुपाल्चोक लगायतका हिमाली भेगका मानवीय बस्तीसँगै ठुलो जनधनको क्षति भइरहेको छ । त्यसैलाई हेर्ने हो भने पनि सरकारले त्यस्ता क्षति रोक्न हिमाली भेगको संरक्षण र विपत् व्यवस्थापन तत्काल गर्नुपर्ने टड्कारो आवश्यकता आइपरेको छ तर कुन आधारमा गर्ने भन्ने विषयमा छरिएर रहेका थुप्रै नीतिलाई हेर्नुभन्दा हिमालको आफ्नै रणनीति भएमा सरकारलाई पनि सहज हुने उहाँको भनाइ छ ।

हिमाली सभ्यतासँगै यहाँको आर्थिक तथा सामाजिक विकासमा हिमालको अजस्र जलस्रोतको उपयोग र उपभोगलाई समेत रणनीतिले ध्यान दिएको छ । यहाँ हुने वैश्विक पर्यटन, कृषि तथा जडीबुटीजन्य व्यापारसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा हिमालको महत्वलाई बुझाउने पहल रणनीतिले गर्ने विश्वास लिइएको मन्त्रालयले जनाएको छ ।चाँदनी हमाल

शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.