• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘झरीपछिको इन्द्रेणी’ दोस्रो हप्तामा प्रवेश, रोजमान महर्जनको स्वरमा भजन सार्वजनिक

  •   शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित

काठमाडौं , पौष ११ — गत पौष ४ गते बाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ। चलचित्रले प्रदर्शनको दोस्रो हप्ता सुरु गर्दै सुपरस्टार नेवारी गायक रोजमान महर्जन को स्वरमा तयार गरिएको भजन गीत ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक गरेको छ।

दर्शकबाट सकारात्मक प्रतिक्रिया र उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाइरहेको चलचित्रले दोस्रो हप्तामा पनि व्यापारिक वृद्धिको सम्भावना देखाएको निर्माण टिमको विश्वास छ। पहिलो हप्ता उत्साहजनक रहेको भन्दै डेब्यु निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ ले दोस्रो हप्ता अझ उत्साहपूर्ण हुने अपेक्षा व्यक्त गरेका छन्। उनका अनुसार चलचित्र मनोरञ्जनसँगै सन्देशमूलक विषयवस्तु प्रस्तुत गर्ने लक्ष्यमा सफल भएको छ।

शुक्रबार सार्वजनिक गरिएको यस भजन गीतमा रोजमान महर्जनसँगै रत्न शोभा महर्जन र दीपा महर्जन को महिला स्वर समेटिएको छ। गीतको संगीत संयोजन सुरेन्द्र श्रेष्ठ ले गरेका हुन्। आध्यात्मिक भावनाले भरिएको गीतले चलचित्रको भावनात्मक पक्षलाई अझ सशक्त बनाएको छ।

यस चलचित्रमार्फत अभिनेता गणेश उप्रेती ले करिब ९ वर्षपछि दमदार कमब्याक गरेका छन्। उनको उपस्थितिले अघिल्लो पुस्ताका दर्शकलाई पुनः हलसम्म तानेको निर्माण पक्षको भनाइ छ।

चलचित्रमा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला र प्रियना आचार्य (मुन्नी) लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको एक गीतमा मोडेल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन्।

निर्देशक घिमिरेकै कथामा बनेको यस चलचित्रबाट विमोचन दवाडी र जेसिका पोखरेल ले अभिनयमा डेब्यु गरेका छन्। डेब्यु अभिनेता विमोचनको अभिनयको दर्शकले खुलेर प्रशंसा गरिरहेको निर्माण टिमले जनाएको छ। जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला की बहिनीकी छोरी हुन्। चलचित्रमा बाल कलाकार दिप्सन चिलवाल को पनि अभिनय रहेको छ।

चलचित्रको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरे ले लेखेका हुन्। अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको यस चलचित्रको छायांकन बुद्ध थापा ले गरेका छन्।

नागराज इन्टरटेनमेन्ट प्राली को ब्यानरमा निर्माण भएको ‘झरीपछिको इन्द्रेणी’ ले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव तथा नयाँ पुस्ताको आकांक्षा र आक्रोश लाई मुख्य कथावस्तु बनाएको छ। चलचित्रले एक इमानदार कर्मचारी र बाबुको संघर्ष को कथा पनि प्रस्तुत गर्छ।

चलचित्रमा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माताका रूपमा छन् भने योगेश खतिवडा र विनोद कँडेल लाइन प्रोड्युसर रहेका छन्।

शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.