जेठ ५ , चितवन ।भरतपुर महानगरपालिका वडा नं.९ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेकपा (एकीकृत समाजवादी) का यमलाल कंडेल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका लिलाबल्लभ भुषाललाई पराजित गरेका हुन्।
भरतपुर ९ मा ६४०६ मतदाता रहे पनि ४२९१ मत खसेको थियो ।यसअघि पनि वार्ड ७ मा नेकपा (एकीकृत समाजवादी) राजेन्द्रमणि काफ्ले विजयी भएका छन् ।
कंडेलले नेकपा एमालेका लिला वल्लभ भुषाललाई ५ सय ६४ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका छन् । उनले २ हजार मत प्राप्त गर्दा प्रतिष्पर्धीले १ हजार ४ सय ३६ मत पाएका थिए ।
खसेको कुल ४ हजार २ सय ९१ मतमध्ये नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार रेनु दाहाल लाई १हजार ७ सय ९४ मत ,नेकपा एमालेका विजय सुवेदी लाई १ हजार ४ सय ३३ मत र भुइकटरबाट मेयरका उम्मेदवार जगन्नाथ पौडेललाई ५ सय ३ मत परेको थियो ।त्यसैगरी सो वडाबाट ३ जना सदस्य नेकपा एमाले बाट र एक जना गठबन्धनबाट काँग्रेसका उम्मेदवार पूर्णबहादुर गुरुङ्ग निर्वाचित भएका छन् ।
यो वार्डसगै भरतपुरको अहिले सम्म ९ वार्डको मतगणना सकिएको छ ।अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ४, ५ , ६ र ८ गरेर ६ वटा वार्ड जितेको छ ।त्यसै नेकपा (एकीकृत समाजवादी) २ वटा वार्ड र एमालेले १ वार्ड जितेको छ ।


