• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

हरियाली बन्दै बाँके, बिरुवा वितरण र उत्पादनमा जोड

  •   आइतबार, पुष २०, २०८२ मा प्रकाशित

बाँके- बाँकेमा हरियाली फैलाउने, वातावरणीय सन्तुलन कायम राख्ने र किसानको आम्दानी बढाउने उद्देश्यले बिरुवा वितरण र उत्पादनमा जोड दियएको छ । कुनै समय दाउरा र काठका लागि प्राकृतिक वनमै निर्भर रहँदै आएको बाँके अहिले विस्तारै निजी खेतबारी र सार्वजनिक स्थानमा हरियाली फैलाउने दिशातर्फ उन्मुख हुँदै गएको छ ।

डिभिजन वन कार्यालयका योजना शाखाका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार जिल्लामा हजारौँ बिरुवा उत्पादन गरी वितरण गरिएको छ । यसले यहाँको जमिनलाई हरियाली बनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले जिल्लाभरि नै ३० प्रजातिका पाँच लाख १३ हजार बिरुवा वितरण गरेको थियो । कार्यालयका अनुसार सो अवधिमा पाँच लाख ६१ हजार बिरुवा उत्पादन गरिएको थियो । ती बिरुवा किसानका निजी जग्गा, सामुदायिक वन, सडक किनार, धार्मिकस्थल तथा सार्वजनिक स्थानमा रोपिएका वरिष्ठ वन अधिकृत सुवेदी बताउनुहुन्छ ।

“बिरुवा वितरणको उद्देश्य केवल हरियाली बढाउनुमात्र होइन, स्थानीयस्तरमै काठ र दाउराको आवश्यकता पूर्ति गर्नु पनि हो र यसका साथै किसानको आयआर्जन बढाउनु पनि हो”, उहाँले भन्नुभयो ।

बाँकेका केही स्थानीय तहमा वनक्षेत्र अत्यन्त न्यून छ भने केहीमा त वन नै छैन । यही अवस्थाले पछिल्ला वर्षमा किसानलाई आफ्नै खेतबारीमा रुख रोप्न प्रेरित गरेको अधिकृत सुवेदीको भनाइ छ । “खेतको कान्ला, खाली जमिन र घरआँगनमा लगाइएका रुख अहिले किसानको दैनिकीको महत्त्वपूर्ण हिस्सा बन्दै गएका छन्”, उहाँले भन्नुभयो ।

किसान निजी खेतमा रुख रोप्न आकर्षित हुनुका पछाडि वातावरणीय चिन्तामात्र होइन, आर्थिक पक्ष पनि हो । छिटो बढ्ने र बजारमा माग हुने प्रजातिका बिरुवाबाट छोटो समयमा नै प्रतिफल पाइने भएकाले किसानको रुचि बढेको छ । किसान छिटो आम्दानी दिने प्रजातितर्फ आकर्षित देखिएका छन्, यसले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुगेको छ । विशेषगरी सागवान र युकालिप्टसजस्ता प्रजाति छिटो बढ्ने र सजिलै बिक्री हुने भएकाले यी बिरुवा नै किसानको पहिलो रोजाइमा परेका छन् । एक वर्षीय प्रजातितर्फ सागवान, युकालिप्टस र खयरको माग बढी रहेको र बहुवर्षीय प्रजातितर्फ श्रीखण्ड, कल्कीफूल, ज्याकराण्डा, गुलमोहर, धुपी र जामुनजस्ता बिरुवा लोकप्रिय बन्दै गएका छन् ।

वरिष्ठ वन अधिकृत सुवेदीका अनुसार नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र कोहलपुर नगरपालिका आसपास भेनियर उद्योग, प्लाइउड उद्योग, इँटा उद्योग तथा जडीबुटी प्रशोधन उद्योग सञ्चालनमा रहेकाले निजी खेतमा लगाइएका रुखको बजार सुनिश्चित हुँदै गएको छ । “यी उद्योगमा काठ र दाउराको खपत बढी भएकाले निजी खेतमा उत्पादन भएको काठ उद्योगमा कच्चा पदार्थका रूपमा प्रयोग हुँदा किसानको आम्दानी बढ्नुका साथै प्राकृतिक वनमा पर्ने मानवीय चाप पनि घटेको छ”, उहाँले भन्नुभयो ।

डिभिजन वन कार्यालयले बजारको मागसँगै वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणलाई पनि समान प्राथमिकतामा राखेको वरिष्ठ वन अधिकृत सुवेदीले बताउनुभयो । “प्राकृतिक वन पुनस्र्थापना र स्थानीय पारिस्थितिकी सन्तुलनका लागि साल, महुवा, खयर र सिसौजस्ता स्थानीय प्रजातिको उत्पादन तथा रोपणमा विशेष जोड दिइँदै आएको छ । बजारको माग र वातावरणीय सन्तुलन दुवैलाई ध्यानमा राखेर प्रजाति छनोट गरिएको छ ।”

हाल कोहलपुर, मेहनमानपुर, अगैया, शम्शेरगञ्ज, नरैनापुर तथा केन्द्रीय नर्सरीमार्फत जिल्लाका विभिन्न पालिकामा बिरुवा वितरण हुँदै आएको र चालु आर्थिक वर्षमा छ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको वरिष्ठ वन अधिकृत सुवेदीले जानकारी दिनुभयो । “यसका लागि जिल्लाका आठ नर्सरीमा पोलिब्यागमा माटो भर्ने, ब्याड व्यवस्थापन, नर्सरी मर्मत तथा बिरुवाको गुणस्तर सुधारका काम तीव्र रूपमा अघि बढाइएका छन्”, उहाँले भन्नुभयो ।

नर्सरी व्यवस्थापन र बिरुवा उत्पादन कार्यमा स्थानीय महिलाको उल्लेखनीय सहभागिता देखिन थालेको वरिष्ठ वन अधिकृत सुवेदीले बताउनुभयो । यसले हरियाली विस्तारसँगै रोजगारी सृजना, सीप विकास र आत्मनिर्भरता प्रवर्द्धनमा पनि योगदान पुर्याइरहेको छ । बाँकेमा वनप्रतिको सोच, किसानको जीविकोपार्जन र वातावरणीय जिम्मेवारीलाई एउटै धारमा जोड्ने काम गरेको छ । निजी खेतबारी हरियाली बन्दै जाँदा प्राकृतिक वनमाथिको दबाब घट्ने, ग्रामीण अर्थतन्त्र बलियो हुने र वातावरणीय सन्तुलन कायम रहने अपेक्षा गरिएको छ ।

आइतबार, पुष २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.