• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’आयो नेवारी भर्सनमा सार्वजनिक

  •   शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित

काठमाडौँ । आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को चर्चित गीत ‘लैजा खबर ए हावा’ को नेवारी भर्सन सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार उक्त नेवारी संस्करणलाई ओएसआर युट्युब च्यानल मार्फत रिलिज गरेको हो।

नेवारी भर्सनको गीतमा गायक तथा कलाकार यमन श्रेष्ठ को स्वर रहेको छ। युट्युबमा अपलोड भएको केही समयमै गीतले सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। यसअघि गायक रवि ओड को स्वरमा रहेको ओरिजिनल संस्करणलाई दर्शकले अत्यधिक रुचाएका थिए।

नेवारी भाषामा यही गीत गाउन पाउँदा आफू निकै खुसी भएको यमन श्रेष्ठले बताएका छन्। बाबुल गिरी को शब्द तथा संगीत रहेको यो गीतलाई नेवारी भाषामा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ले अनुवाद गरेका हुन्।

फिल्मका निर्देशक चन्द्र पन्त ले फिल्ममा नेपालीसँगै नेवारी भाषामा पनि गीत समावेश गरिएको जानकारी दिँदै दर्शक–स्रोताले मन पराउनेमा आफू विश्वस्त रहेको बताए। उनले आगामी दिनमा यो गीत अन्य भाषामा पनि रेकर्ड गर्ने योजना रहेको संकेत गरेका छन्।

आर्या इन्टरटेन्मेन्ट को प्रस्तुतिमा निर्माण भएको फिल्ममा विपना थापा र पल शाह प्रमुख भूमिकामा छन्। साथै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारको पनि अभिनय रहेको छ। यतिबेला अभिनेता पल शाह, विपना थापा सहित निर्माण टिम फिल्मको व्यापक प्रचार–प्रसारमा जुटिरहेका छन्।

निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथामा बनेको फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम को रहेको छ। गीतको भिडियोमा कोरियोग्राफी गम्भीर बिष्ट र दिलीप ओखेडा ले गरेका छन्।

नवराज उप्रेती को छायांकन रहेको फिल्मका संवाद अभिमन्यु निरवी द्वारा लिखित हुन्, जसमा अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्त को सहकार्य छ।

फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगाना को लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता हुन्। सम्पादन मिलन श्रेष्ठ ले गरेका छन् भने ट्रेलर र टिजर साहिल खान ले निर्माण गरेका छन्।नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्स सँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटल ले लिएको छ।

शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.