काठमाडौं , माघ ०४ । नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको करिब टुंगो लगाएको छ। पार्टी सचिवालय बैठकले १६५ निर्वाचन क्षेत्रमध्ये अधिकांश क्षेत्रमा उम्मेदवार तय गरेको एमाले उपमहासचिव लेखराज भट्ट ले जानकारी दिनुभयो।
उहाँका अनुसार पार्टीले चितवनका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम समेत सार्वजनिक गरेको छ। निर्णयअनुसार चितवन–१ मा कृष्णराज (कमल) पाठक, चितवन–२ मा अस्मिन घिमिरे र चितवन–३ मा शंकरराज थपलिया लाई एमालेको आधिकारिक उम्मेदवार बनाउने निर्णय गरिएको छ।
एमालेले बाँकी केही निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो चाँडै लगाइने जनाएको छ। उम्मेदवार टुंगो लागेसँगै पार्टी चुनावी तयारीलाई तीव्र बनाउने तयारीमा जुटेको बताइएको छ।
तपाईको प्रतिक्रिया


