• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

१० हजार दर्शकमाझ ‘कुमारी’को ट्रेलर सार्वजनिक, नेपाली चलचित्र इतिहासमै अभूतपूर्व क्षण

  •   आइतबार, माघ ११, २०८२ मा प्रकाशित

काठमाडौं – माघ २३ गते रिलिज हुने वर्षकै प्रतीक्षित नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’को बहु प्रतीक्षित ट्रेलर राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ। अनुमानित दश हजारभन्दा बढी दर्शकको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यो कार्यक्रम नेपाली चलचित्रको इतिहासमै ट्रेलर सार्वजनिकतर्फको अभूतपूर्व र ऐतिहासिक घटना बनेको छ।

खुला आकाशमुनि हजारौँ दर्शक साक्षी राख्दै प्रत्यक्ष रूपमा ट्रेलर रिलिज हुनु आफूले देखेको सपना पूरा भएको प्रतिक्रिया निर्देशक दिनेश राउतले व्यक्त गरे। उनले यति ठुलो सङ्ख्यामा उपस्थित दर्शकको उत्साह अब सिनेमा घरसम्म पनि पुग्ने विश्वास व्यक्त गरे। निर्माता महेन्द्र अधिकारीले दर्शकले दिएको मायाले आफूलाई निरन्तर नेपाली चलचित्रमा सक्रिय रहन थप प्रतिबद्ध बनाएको बताए।

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’को विशेष प्रस्तुति रहेको थियो। साथै लोकप्रिय ब्यान्ड ‘इस्त्रीज’ र ‘त्रिजा प्रदान एन्ड द टुकुचा’ले पनि दर्शकलाई साङ्गीतिक प्रस्तुतिमार्फत झुमाएका थिए। साङ्गीतिक कन्सर्ट र चलचित्र प्रचारको संयोजनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

यही चलचित्रबाट डेब्यु गरेका मुख्य कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीले हजारौँ दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै आफूहरूलाई दर्शकले दिएको स्वागतले अत्यन्तै पुलकित बनाएको बताए। दर्शकको उत्साह र तालीले उनीहरू भावुक देखिएका थिए।

सार्वजनिक ट्रेलरले एक संवेदनशील र रोमाञ्चक प्रेमकथाको झलक प्रस्तुत गर्छ। प्रेमलाई केन्द्रमा राख्दै पारिवारिक सम्बन्ध, रोमान्स र मनोवैज्ञानिक अन्तर्द्वन्द्वहरूलाई ट्रेलरले प्रभावशाली ढङ्गले उजागर गरेको छ। दुई पात्रबीचको प्रेम, सङ्घर्ष र जीवनका भावनात्मक मोडहरू दृश्यहरू मार्फत गहिरो रूपमा व्यक्त गरिएको छ।

ट्रेलरमा देखिने पुरुष पात्र (अबिषेक खड्का) संवेदनशील, रिसाहा र परिस्थितिले थिचिएको युवक देखिन्छ। संवादभन्दा बढी हाउभाउ, आँखाको भाव र मौन अभिनयमार्फत प्रेमभित्रको असहायपनलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। ऊ प्रेममा पूर्ण समर्पित छ, तर समाज र परिस्थितिसँग निरन्तर सङ्घर्ष गरिरहेको सङ्केत ट्रेलरले दिन्छ।

त्यसै गरी महिला पात्र (आकृति राजभण्डारी) केवल प्रेमिका मात्र नभई आत्मसम्मान, मौन विद्रोह र भावनात्मक साहसको प्रतीकका रूपमा उभिएकी देखिन्छिन्। उनको आँखामा देखिने डर, मौनतामा लुकेको पीडा र निर्णयका क्षणमा देखिने कठोरताले पात्रलाई अझ बलियो बनाएको छ। ट्रेलरले चलचित्र ‘हेर्नु मात्र होइन, महसुस गर्नुपर्ने कथा’ भएको अनुभूति गराउँछ।

कलाकारहरूको अभिनय, सङ्गीत, सिनेमाटोग्राफी र संवाद ट्रेलरमै उत्कृष्ट देखिएका छन्। दृश्य संयोजनले कथा र भावनालाई आकर्षक तरिकाले प्रस्तुत गर्दै दर्शकमा उत्साह र आशा जगाएको छ। शाहिल खानले सम्पादन गरेको यो ट्रेलर युट्युबको ट्रेन्डिङमा पुगिसकेको छ। कार्यक्रममा उपस्थित लभस्टोरी चलचित्रका सुरस्टार आर्यन सिग्देल र ‘शाम्बाला’ चलचित्रकी अभिनेत्री थिन्ले ल्हामोले अबिषेक र आकृतिलाई शुभकामना दिए।

‘आइ एम सरी’बाट निर्देशन यात्रा सुरु गरेका निर्देशक दिनेश राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका लागि चिनिन्छन्। पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित चलचित्रहरू ‘प्रसाद’, ‘प्रकाश’, ‘पुजार सार्की’ निर्देशन गरेका आएका राउतले दर्शकको रुचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताए। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित तथा विकास सुवेदीद्वारा लिखित चलचित्र ‘कुमारी’मा नयाँ अनुहार अबिषेक खड्का र आकृति राजभण्डारीका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको अभिनय रहेको छ। छायाङ्कन सुसन प्रजापतिले गरेका छन् भने सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुलीको, साउन्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ।

यसअघि सार्वजनिक भएका ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतले व्यापक चर्चा पाइसकेको सन्दर्भमा ‘कुमारी’को ट्रेलरले पनि दर्शकको अपेक्षा अझ बढाएको देखिन्छ। ट्रेलर सार्वजनिक समारोहमा ‘डोको बुन्ने’ गीतले ५० लाख भन्दा बढी भ्युज प्राप्त गरेको खुसीयालीमा केक काटेर दर्शकमाझ खुसी साटिएको थियो। सबै गीतमा स्वर केहर सिंह लिम्बुले दिएका छन् भने सङ्गीतमा सुमन तामाङको सहभागिता रहेको छ। गीतका शब्द सागर लामिछाने मगर र सुमन तामाङले लेखेका छन्।अब दर्शकको नजर माघ २३ गते सिनेमा घरमा पर्दा उत्रिने ‘कुमारी’तर्फ केन्द्रित भएको छ।

आइतबार, माघ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.