• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक, प्रेमभन्दा फरक ‘ब्रेकअप स्टोरी’

  •   सोमबार, माघ १२, २०८२ मा प्रकाशित

काठमाडौं । निर्देशक सुदिप्ताको डेब्यु निर्देशनमा बनेको सिनेमा ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरले प्रेम र धोकाको कथालाई केन्द्रमा राख्दै दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिएको छ।

निर्देशक सुदिप्ताले ‘रमिताको पिरती’लाई परम्परागत लभस्टोरीभन्दा फरक ब्रेकअप स्टोरी का रूपमा प्रस्तुत गर्न खोजिएको बताइन्। नेपाली सिनेमामा प्रायः पुरुष पात्रको दृष्टिकोणबाट प्रेमकथा देखाइने गरेको उल्लेख गर्दै उनले यस सिनेमामा महिलाको दृष्टिकोणबाट कथा भनिएकाले दर्शकले नयाँ अनुभूति पाउने विश्वास व्यक्त गरिन्।“ब्रेकअपपछि एउटी केटीको मानसिक अवस्था, उसले भोग्ने पीडा र संघर्षलाई फरक ढङ्गले प्रस्तुत गरेका छौँ,” उनले भनिन्।

मुख्य अभिनेत्री आना शर्मा ले पात्रमा ढल्न निर्देशकसँग करिब ६ महिना तयारी गरेको बताइन्। कथावस्तुले आफूलाई गहिरो रूपमा छोएकाले लामो तयारीपछि मात्र अभिनयमा उत्रिएको उनको भनाइ छ।

यस्तै, अभिनेता धिरज मगर ले पछिल्लो समय हिरो केन्द्रित भन्दा पनि महिला पात्रमार्फत भनिने कथामा काम गर्न रुचि बढेको बताए। ‘रमिताको पिरती’ पनि त्यही सोचको निरन्तरता भएको उल्लेख गर्दै उनले दर्शकले आफूलाई फरक अवतारमा देख्न पाउने दाबी गरे।

आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाको केन्द्रमा रमिता पात्र छ, जसको भूमिका आना शर्माले निर्वाह गरेकी छन्। ब्रेकअप स्टोरीमा आधारित यो सिनेमाले दर्शकलाई फरक स्वाद दिने निर्देशक सुदिप्ताको विश्वास छ। यही सिनेमाबाट गायक समीर श्रेष्ठ ले अभिनेताका रूपमा डेब्यु गर्दैछन्।

सेरो फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा आना शर्मा, समीर श्रेष्ठ र धिरज मगरसँगै विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना र थिन्ले ल्हामो लगायत कलाकारको अभिनय रहेको छ।सन्तोष लम्साल कार्यकारी निर्माता रहेको सिनेमामा आरपी प्रोडक्सन एसोसिएट निर्माता, सुवास कोइराला सह–निर्माता तथा सागर लम्साल निर्माता रहेका छन्।

सिनेमाको संगीत सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलले दिएका छन्। छायाङ्कन शिशिर विशंखे, सम्पादन सुनिल शिवभक्ति, कलर कपिल पराजुली र कोरियोग्राफी कृतिका बराल ले गरेकी छन्।

काठमाडौं उपत्यकामा सिनेमा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट ले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनी ले वितरण गर्नेछ।

सोमबार, माघ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.