काठमाडौं — गायक मदन ढकाल ले नयाँ गीत ‘मुग्लिङ’ सार्वजनिक गरेका छन्। मदन ढकाल र दिपिका बयम्बु मगर को स्वर रहेको गीतको भिडियो हालै सार्वजनिक गरिएको हो।
गीतमा गायक मदन ढकालकै शब्द रहेको छ भने संगीत घनश्याम खत्री ले दिएका हुन्। गीतको एरेन्ज आशिष अबिरल ले गरेका छन्।
गीतको भिडियोमा चर्चित चार कलाकारको दमदार नृत्य प्रस्तुत गरिएको छ। भिडियोमा सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता) र जुनु एसडी को अभिनय देख्न सकिन्छ। साथै, गायक मदन ढकाल स्वयंले पनि भिडियोमा अभिनय गरेका छन्। विशेष गरी सागर, हरिश र जुनुको ऊर्जाशील नृत्यले भिडियोलाई अझ आकर्षक बनाएको छ।
जेरी भण्डारी को कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो दिनेश पराजुली ले छायाङ्कन गरेका हुन् भने सम्पादन सुजन कोइराला ले गरेका छन्।
गीतबारे गायक मदन ढकाल भन्छन्,
“यसपटकको गीत डान्सिङ हो। सबैको मनमा बस्नेछ भन्नेमा हामी ढुक्क छौँ। सबैको मिहिनेत उत्तिकै छ र भिडियोमा कुनै कमी हुन दिएका छैनौँ। दर्शक–स्रोताले अडियो र भिडियो दुवै पक्षमा सन्तुष्टि पाउनुहुनेछ भन्ने विश्वास छ।”गीतको भिडियो बले इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।


