• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘श्री बुकुरो : द होम कलिङ’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

  •   शुक्रबार, माघ २३, २०८२ मा प्रकाशित

काठमाडौं — महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शन हुने तयारीमा रहेको नेपाली सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। ग्रामीण परिवेशमा निर्माण गरिएको सिनेमाको कथावस्तुले पारिवारिक स्नेह, मिलन र नोकझोंकलाई समेट्दै दर्शकमाझ उत्साह थपेको छ।

काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको ट्रेलरले पात्रहरूको चाहना, अपेक्षा र द्वन्द्वलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। सिनेमाकी मुख्य पात्र लक्ष्मी गिरी लाई केन्द्रमा राखिएको ट्रेलरले सानो घर (बुकुरो) बनाउने चाहना, छोराहरूको विवाह, उनीहरूको खुसी र पारिवारिक सपना चित्रण गरेको छ।

करिब ३ मिनेट ३३ सेकेन्ड लामो ट्रेलरले दर्शकलाई पात्रहरूको मनोदशा र कथाको गतिसँगै यात्रा गराउँछ। मानवीय सम्बन्धका सूक्ष्म पक्षलाई उजागर गर्ने ट्रेलरले सिनेमाको कथावस्तुबारे संक्षिप्त झलक पनि दिएको छ। निर्माण टिमका अनुसार ‘श्री बुकुरो’ विशुद्ध पारिवारिक र मनोरञ्जनात्मक सिनेमा हो।

सिनेमामा सुदीप भूपाल सिंह को लेखन तथा निर्देशन रहेको छ। यस सिनेमाबाट निर्देशक सिंह ९ वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता चर्चित सिनेमा निर्देशन गरेका थिए।

पछिल्लो समय सामाजिक–पारिवारिक कथामा आधारित सिनेमाले दर्शकको मन जितिरहेको सन्दर्भमा ‘श्री बुकुरो’ को विशुद्ध पारिवारिक कथाले पनि दर्शकको मन जित्ने विश्वास निर्देशक सिंहले व्यक्त गरेका छन्। यसअघि सार्वजनिक टिजर र पोस्टरले राम्रो प्रतिक्रिया पाइसकेको सिनेमा प्रतिको अपेक्षा ट्रेलरसँगै अझ बढेको छ।

फिल्म रेञ्ज को ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ।

सिनेमाको निर्माण रुबी सेन सिंह ले गरेकी हुन्। सुरज तामाङ र प्रवीण सिंह को कोरियोग्राफी, आईड्रिम एनिमेसन को भिएफएक्स, मनोरञ्जन श्रेष्ठ को कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेन को सम्पादन रहेको छ। छायांकन सञ्जय लामा र राजेश श्रेष्ठ ले गरेका हुन्। सिनेमाको छायांकन मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौं मा गरिएको हो।

किशोर भट्ट, कुलदीप शर्मा र प्रेम खतिवडा सहायक निर्देशक रहेको सिनेमाका गीतमा रणजीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्की को संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेल को स्वर सुन्न पाइनेछ।

शुक्रबार, माघ २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.