काठमाडौं — आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ।
अञ्जन सिनेमा प्रोडक्सन को ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा गरिने आपराधिक क्रियाकलापलाई केन्द्रमा राखिएको छ। जोगीको भेषमा बसेर भित्री रूपमा कसरी केही व्यक्ति अपराधमा संलग्न हुन्छन् भन्ने कथालाई ट्रेलरले रहस्यमय ढंगले प्रस्तुत गरेको छ।
बाहिरबाट हेर्दा सांसारिक मोह त्यागी साधु जस्तो देखिए पनि भित्र लुकेको क्रुर मानसिकता र व्यवहार कति भयावह हुन सक्छ भन्ने सन्देश ट्रेलरले प्रष्ट पार्छ। जोगीको आवरणमा हत्याजस्ता जघन्य अपराधमा संलग्न पात्रको कथा सिनेमाले भन्ने संकेत ट्रेलरबाट पाइन्छ।
पौराणिक हिन्दु मान्यता र आधुनिक युगको रहस्यलाई एकसाथ प्रस्तुत गरिएको ट्रेलरमा पौराणिक ‘समुद्र मन्थन’ को प्रसंग र त्यस क्रममा उत्पन्न भएको विषको कथालाई पनि उठान गरिएको छ। यसले चलचित्रलाई आध्यात्मिक–रहस्यमय आयाम दिएको छ।
ट्रेलरको सबैभन्दा बलियो पक्ष अभिनेता प्रवीण खतिवडा को लुक्स र अभिनय हो। सुरुवाती दृश्यहरूमै उनी दिव्य शक्ति वा ‘सिद्धि’ प्राप्त गर्न तल्लीन साधुको भूमिकामा देखिन्छन्। शरीरमा खरानी, हातमा त्रिशूल र आँखामा देखिएको उन्मादले चलचित्रमा एक शक्तिशाली ‘एन्टी–हिरो’ पात्रको संकेत गर्छ।
चलचित्रको मूल कथा एक रहस्यमयी दिव्य शिला (ढुंगा) र त्यसले कलयुगमा निम्त्याउन सक्ने शक्ति वा विनाशको वरिपरि घुमेको संकेत ट्रेलरले दिएको छ। आध्यात्मिक शक्ति प्राप्त गर्ने होड र त्यसबाट सिर्जना हुने द्वन्द्व नै चलचित्रको मुख्य आकर्षण देखिन्छ।
ट्रेलरमा सुनिने “यो पुस्तकले विध्वंश निम्त्याउन सक्छ” भन्ने संवादले कथाको जोखिम र रहस्यलाई थप बलियो बनाएको छ।
ट्रेलरमा एकातिर गुफा, मन्त्रोच्चारण र तान्त्रिक विधि देखिन्छन् भने अर्कोतिर ल्यापटप, आधुनिक हतियार र प्रहरी अनुसन्धानका दृश्य पनि समेटिएका छन्। यसले चलचित्र केवल धार्मिक कथामा सीमित नभई पौराणिक शक्ति आधुनिक युगमा भेटिँदा उत्पन्न हुने द्वन्द्वको कथा भएको संकेत गर्छ।
अन्य कलाकार तेज गिरी, विकास जोशी र रुषा न्यौपाने का भूमिकाले पनि कथालाई थप रहस्यमय बनाएको छ। निर्देशक सन्तोष कुमार आत्रेय ले चलचित्रलाई फरक र भव्य शैलीमा निर्देशन गरेको झलक ट्रेलरमै देखिन्छ। छायांकन, पृष्ठभूमि संगीत र भिएफएक्समा विशेष ध्यान दिइएको छ।
चलचित्रको अर्को विशेष पक्ष भनेको भारतीय चर्चित गायक कैलाश खेर को स्वर र संगीत हो। ट्रेलरमा प्रयोग गरिएको शक्तिशाली पृष्ठभूमि संगीत र मन्त्रोच्चारणले दर्शकलाई आध्यात्मिक भावनामा डुबाउने प्रयास गरेको छ।
चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपाने को मुख्य भूमिका रहेको छ भने विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला लगायत कलाकारको अभिनय छ।
चलचित्रको कथा अञ्जान केसी ले लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बू को छ। निर्माता स्वयं अञ्जान केसी हुन् भने सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। कार्यकारी निर्माता सम्भू थापा हुन्।
चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटी को गीतरचना, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटी को संगीत रहेको छ। गीतहरूमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारी को स्वर सुन्न पाइनेछ।
सरद महतो को डीओपी रहेको चलचित्रमा बनिश शाह को सम्पादन, मिलन श्रेष्ठ को द्वन्द्व निर्देशन र विक्रम चोहान को कोरियोग्राफी छ। मिलन मानन्धर प्रोडक्सन म्यानेजर, प्रतीक चौधरी आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर रहेका छन्। मुख्य सहायक निर्देशक बारत लिम्बू हुन् भने स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती संलग्न छन्।
नेपाली चलचित्र क्षेत्रमा पौराणिक विषयवस्तुमा आधारित ‘स्पिरिचुअल एक्शन ड्रामा’ कम मात्र बन्ने गरेका छन्। यस्तोमा ‘शिवांश : च्याप्टर १’ ले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ। महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएकाले शिवभक्त र चलचित्रप्रेमीहरूका लागि यो चलचित्र विशेष उपहार बन्न सक्ने विश्वास निर्माण टिमले लिएको छ।