• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

वीरता र गौरवका अनेक गाथा

  •   आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित

काठमाडौँ, फागुन ३ गते । सार्वभौम सत्ताको रक्षा, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारी । आगलागी होस् या बाढी, हुरी चलोस् वा खडेरी, विपत्ति, सङ्कट वा जुनसुकै दुर्घटना सुखदुःखको साथी नेपाली सेना ।

विक्रम संवत् १८१९ मा स्थापना भएको नेपाली सेना अनेकौँ गौरवपूर्ण गाथा र सुनौला इतिहास अक्षुण्ण राख्दै २६३ औँ वर्षमा प्रवेश गरेको छ । महाशिवरात्रि पर्व तथा सेना दिवसको विशेष अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा २६३ औँ स्थापना दिवस आयोजना गरिएको छ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाले आफूलाई एक सुरक्षा सङ्गठनका रूपमा मात्र नभई राष्ट्रिय एकता कायम राख्दै आमनागरिकको सबैभन्दा विश्वास र भरोसायोग्य सङ्गठनका रूपमा आफूलाई स्थापित गराएको छ ।

सैनिक प्रवक्ता राजाराम बस्नेत स्थापनादेखि नै नेपाली सेनाले मुलुक, नागरिक र संविधानप्रति प्रतिबद्ध भई राष्ट्रले तोकेको जिम्मेवारी निष्ठासाथ पूरा गरेका कारण आमनागरिकको भरोसा र विश्वास पाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि मुलुक र नागरिकको रक्षार्थ संविधान अनुसार जस्तोसुकै कठिन परिस्थितिसँग जुध्न तयार रहँदै आएको छ । भविष्यमा यसलाई अक्षुण्ण राख्ने छ ।”

उहाँले नेपाली सेना मुलुकको समग्र सुरक्षासँगै विपत् व्यवस्थापन र राष्ट्रनिर्माण (पूर्वाधार विकासमा), कला संस्कृति र ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्रको संरक्षणमा सदैव समर्पित रहने पनि बताउनुभयो । १७ औँ शताब्दीमा विश्वव्यापी रूपमा राज्यसत्ता कब्जा गर्ने औपनिवेशवादलाई सिमानामै रोकी नेपाललाई औपनिवेशमुक्त राख्न सफल भएको नेपाली सेना आन्तरिक तथा बाह्य सुरक्षासँगै द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ अग्रपङ्क्तिमा खटिएर विश्वमाझ छुट्टै पहिचान बनाउन सफल छ ।

आन्तरिक विवादका कारण गृहयुद्धमा फसेका कैयौँ मुलुकका नागरिकको जिउधनको रक्षा र शान्तिका लागि नेपाली सेनाले देखाएको वीरता र बलिदानी नेपालकै परिचय बनेको छ । संयुक्त राष्ट्रसङ्घले नेपाली सेनालाई सबैभन्दा विश्वासिलो र भरपर्दो सुरक्षा सङ्गठन मान्दै जटिल र संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा दिने गरेको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हालसम्म एक लाख ६० हजारभन्दा बढी नेपाली शान्ति सैनिक विभिन्न युद्धग्रस्त स्थलमा तैनाथ भइसकेका छन् । शान्ति सैनिकसँगै महिला शान्ति सैनिक खटाउनेमा नेपाल अहिले अग्रस्थानमा छ ।

संयुक्त राष्ट्रसङ्घका पूर्वस्थायी प्रतिनिधि प्राडा जयराज आचार्य नेपाली सेनाले विश्व शान्ति, स्थायित्व र सैन्य कूटनीति सुमधुर बनाउन खेलेको भूमिका अतुलनीय र विशिष्ट रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म संयुक्त राष्ट्रसङ्घमा पहिलो पटक काम गर्दा लेबनानमा जम्मा ८८१ जना नेपाली शान्ति सैनिक तैनाथ थिए । यसलाई बढाएर दुई हजार ४०० पु¥यायौँ । निरन्तरको प्रयास र नेपाली शान्ति सैनिकले देखाएको वीरता र बलिदानीका कारण आज शान्ति सैनिक खटाउने मुलुकमा नेपाल पहिलो स्थानमा छ ।”

नेपाली शान्ति सैनिक राष्ट्रसङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिक र त्यहाँको सरकारको पनि भरोसायोग्य सङ्गठन बन्नु मुलुककै लागि गर्वको विषय रहेको बताउँदै उहाँले यो वीरता, बलिदानी र विश्वासको विश्वजगत्बाटै प्रशंसा भइरहेको बताउनुभयो । उहाँले १० हजार शान्ति सैनिक खटाउने प्रतिबद्धताले नेपालप्रति राष्ट्रसङ्घको भरोसा थप वृद्धि भएको पनि उहाँले बताउनुभयो ।

विश्वमाझ गौरवपूर्ण परिचय बनाएको नेपाली सेना मुलुक र नागरिकप्रति समर्पित रही संविधान, समावेशिता आत्मसात् गर्दै राष्ट्रनिर्माणमा समेत निरन्तर क्रियाशील छ । विकास निर्माण, विपत् व्यवस्थापन तथा पूर्वाधार विकासका अनेकौँ चुनौती पन्छाउँदै सेनाले दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा गुणस्तरीय पूर्वाधार निर्माणमा पनि विशिष्ट योगदान दिँदै आएको छ । सेनाले यतिबेला राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग निर्माण गरिरहेको छ । कालीगण्डकी कोरिडोर, खाँदबारी–किमाथाङ्का र कर्णाली कोरिडोर जस्ता जटिल भौगोलिक बनावटमा रहेका सडक निर्माण सम्पन्न गरेको छ ।

त्यस्तै घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला सडकखण्ड निर्माणाधीन छ । बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ र दार्चुला तिङ्कर सडक आयोजना पहिलो प्राथमिकता छन् । पूर्वाधारविज्ञ तथा पूर्वसचिव अर्जुनजङ्ग थापा पूर्वाधार विकासमा नेपाली सेनाले पु¥याएको योगदान अतुलनीय रहेको बताउनुहुन्छ ।

राष्ट्रिय गौरवका द्रुतमार्ग जस्ता सडक पूर्वाधारले विकास निर्माणमा मुलुककै आँखा खोलेको बताउँदै थापा भन्नुहुन्छ, “द्रुतमार्गले वार्षिक झन्डै १२ अर्बको इन्धन बचत हुन्छ, आठ÷नौ वर्षमै यसको लागत पनि उठ्छ ।” निजी क्षेत्रले निर्माण गर्न नसकेका यी ठुला र जटिल सडक पूर्वाधार निर्माण जिम्मेवारी समालेर नेपाली सेनाले विकासमा मुलुककै आँखा खोलेको उहाँ बताउनुहुन्छ ।

आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.