चितवन — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चितवनमा क्षेत्रीय महिला भेला सम्पन्न भएको छ। चितवन निर्वाचन क्षेत्र नम्बर २ की उम्मेदवार मिना खरेल लाई विजयी गराउने उद्देश्यका साथ भेला आयोजना गरिएको हो।
भेलामा वक्ताहरूले निर्वाचनमा महिलाको सक्रिय र निर्णायक भूमिका अपरिहार्य रहेको उल्लेख गरे। उनीहरूले मिना खरेललाई विकासप्रेमी, जनमुखी तथा सक्षम उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आगामी निर्वाचनमा भारी मतले विजयी गराउन एकजुट हुन आह्वान गरे।

कार्यक्रममा नेपाली कांग्रेस की केन्द्रीय सह–महामन्त्री डिला संग्रौला ले चितवन–२ मा मिना खरेललाई अत्यधिक मतसहित विजय गराउनुपर्ने आवश्यकता औंल्याइन्। उनले मिना खरेललाई महिला, बालबालिका मात्र नभई समग्र देशको प्रतिनिधित्व गर्ने पात्रका रूपमा चित्रण गरिन्।
भेलामा चितवन–२ को समग्र विकास, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनाका मुद्दालाई प्राथमिकतामा राखेर घरदैलो अभियानलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
उम्मेदवार खरेलले महिला शक्तिको साथ र विश्वास नै आफ्नो मुख्य आधार भएको बताउँदै जनताको अपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता जनाइन्। उनले निर्वाचनलाई लोकतन्त्रको पर्वका रूपमा शान्तिपूर्ण र सभ्य वातावरणमा सम्पन्न गराउन सबैमा अपिल गरिन्।
भेलामा विभिन्न राजनीतिक दलका महिला नेतृ तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।


