जेठ ९ , चितवन । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल बिजयी भएकी छन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल दोस्रो पटक भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएकी हुन् ।
भरतपुर महानगरपालिकामा अब तीन वटा वडा २७, २८ र २९ को मत गणना गर्न बाँकी रहेको छ । वडा २७, २८ र २९ मा खसेको मत १० हजार ३२४ मत गणना गर्न बाँकी छ।
भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । वार्ड २६ सम्म करिब १ लाख १७ हजार बढी मत गणना हुदा नै मेयरमा रेनु दाहाल निर्वाचित भएकी हुन् ।यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।
भरतपुरका २६ वटा वडाको नतिजा आइसकेको छ । जसमा वडा नं ३, ११, १२, १८ र १९ को वडाध्यक्षमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् । १३ ,२४ र २६ नम्बर मा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । ७, ९, २२ मा एकीकृत समाजवादी र वार्ड नम्वर १,२,४,५,६,८,१०,१४,१५,१६,१७,२०,२१ र २३ मा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।यस्तै २५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार छबिलाल सापकोटा विजयी छन् ।


