काठमाडौं — आगामी चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक गर्दै प्रचार अभियान सुरु गरिएको छ। निर्देशक माइकल चन्द को निर्देशनमा बनेको यस फिल्मले रोमान्टिक गीतमार्फत दर्शकमाझ उत्सुकता बढाएको छ।
सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमाल को स्वर, डाक्टर डीआर उपाध्याय को शब्द तथा बाबुल गिरीकै संगीत रहेको छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्ट रोमान्टिक शैलीमा प्रस्तुत भएका छन्। दुवै कलाकारबीचको केमिस्ट्रीले गीतलाई थप आकर्षक बनाएको देखिन्छ।
माइकल इन्टरटेन्मेन्ट हाउस को ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ। कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् भने क्रियटिभ प्रोड्यूसर मोती कार्की र लाइन प्रोड्यूसर राजेन्द्र आचार्य रहेका छन्।
फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत छ। डीओपी मानकृष्ण महर्जन, एक्सन निर्देशक श्री श्रेष्ठ, सम्पादक बन्दे प्रसाद, ब्याकग्राउन्ड म्युजिक काला चरण, कोरियोग्राफी सियोन श्रेष्ठ र कलर राजेन्द्र मोक्तानले सम्हालेका छन्।
‘पर्दा पछाडिको पर्दा’ थिममा आधारित यस फिल्ममा विराज भट्ट र सुपुष्पा भट्टसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार र सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ।
एक्सन, सस्पेन्स र प्रेमकथाको मिश्रण रहेको ‘राम नाम सत्य’ चैत्र २७ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।


