• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

मीना खरेललाई घरदैलोमा समर्थनमा गर्न चितवन आए रमेश खरेल

  •   बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित

चितवन – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर २ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। निर्वाचन आउन अब आठ दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेलले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएकी छन्। घरदैलो, कोणसभा तथा भेटघाट कार्यक्रममार्फत उनी मतदातासम्म पुगिरहेकी छन्।

आज फागुन १३ गते भरतपुर महानगरपालिका–४ मा सम्पन्न घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो। हजारौंको संख्यामा नेता–कार्यकर्ता तथा स्थानीय समर्थकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा खरेलप्रति देखिएको उत्साहले क्षेत्रको चुनावी समीकरण थप रोचक बनेको छ । भरतपुर–४ स्वयं खरेलको बसोबास क्षेत्रसमेत भएकाले आफ्नै वडामा उनले पाएको समर्थनलाई विशेष रुपमा हेरिएको छ।

भरतपुर–४ धर्मचोकमा कोणसभा आयोजना गरिएको थियो, जहाँ उल्लेख्य जनसहभागिता देखिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले आफ्नै वडाबाट पाएको माया, साथ र समर्थनले आफू भावुक बनेको बताइन्।

उनले भनिन्, “मैले कल्पना समेत नगरेका धेरै मान्छेहरू आजको घरदैलो र कोणसभामा उपस्थित भएर मलाई हौसला दिनुभयो। यही माया, विश्वास र साथले अब हाम्रो जित सुनिश्चित भएको महसुस गरेको छु। तपाईँहरूले राख्नुभएको भरोसालाई कामबाट प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। हृदयदेखि धन्यवाद।”

उनको चुनावी अभियानमा समर्थन जनाउन पूर्व डीआईजी रमेश खरेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितनारायण श्रेष्ठ, प्रदेश सभा सदस्य उत्तम जोशी तथा चितवन जिल्ला पार्टी सभापति राजेश्वर खनाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै रमेश खरेलले मीना खरेललाई आदर्श समाजसेवी नेतृको रूपमा चित्रण गर्दै चितवन–२ का मतदाताले ऐतिहासिक अवसर पाएको उल्लेख गरे।

उनले भने, “लामो समयदेखि असहाय, पीडित महिला तथा बालबालिकाको आवाज बनेकी मिना खरेलजस्तो उम्मेदवार पाउनु चितवन–२ मात्र होइन, सिंगो राष्ट्रकै लागि गर्वको विषय हो। यो लडाइँ कुनै लोकप्रियताको होइन, सत्य र असत्यबीचको संघर्ष हो। यसमा चितवन–२ का जनता चुक्नु हुँदैन।”

उनले खरेलले करिब चार दशकदेखि समाजसेवाको क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै अब त्यो अनुभव र प्रतिबद्धता संघीय संसदमार्फत राष्ट्र निर्माणमा प्रयोग हुने विश्वास व्यक्त गरे। “यस क्षेत्रलाई जीवन समर्पित गरेकी नेत्रीलाई भोट नदिनु भनेको चितवन र यहाँका पीडित समुदायको अपमान गर्नु हो,” उनले भने, “हामी ढुक्क छौँ, यसपटक चितवन–२ का मतदाताले सम्मानसहित भोट दिएर उहाँलाई विजयी गराउनुहुनेछ।”

घरदैलो कार्यक्रमकै क्रममा भरतपुर–४ स्थित लक्ष्मिनारायण मन्दिर परिसरमा समर्थकहरूले खरेललाई फूलमालासहित भजन–कीर्तन गरेर स्वागत गरेका थिए। स्थानीय महिलाहरू र युवाहरूको सहभागितामा गरिएको स्वागत कार्यक्रमले चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएको थियो। आफ्नै क्षेत्रकी निष्ठावान र कर्मशील व्यक्तित्व उम्मेदवार पाएको उल्लेख गर्दै स्थानीय बासिन्दाहरूले यसपटकको मतदानमा कुनै पार्टीभन्दा माथि उठेर मीना खरेललाई नै मत दिने बताएका छन्।

निर्वाचन मिति नजिकिँदै जाँदा चितवन–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा चर्किंदै गएको छ। यद्यपि भरतपुर–४ मा देखिएको सहभागिता र समर्थनले मीना कुमारी खरेलको अभियान थप उत्साहित बनेको स्थानीयहरु बताउछन् ।

बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.