चितवन , फागुन २० : सामाजिक सञ्जालमा ‘एआई जेनेरेटेड डीप फेक’ भिडियो पोस्ट गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट एक कार्यकर्ता पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१६ बस्ने नन्द प्रसाद भट्टलाई नियन्त्रणमा लिइएको हो। सामाजिक सञ्जालमार्फत निर्वाचन गतिविधिलाई असर पार्ने गरी अफवाह फैलाएको आरोपमा उनलाई पक्राउ परेका हुन् ।
उनले फेसबुकलगायत सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री Narendra Modi सम्बन्धी ‘डीप फेक’ भिडियो पोस्ट गरी समाजमा भ्रम तथा द्वेष फैलाउने गतिविधि गरेको आरोप छ।
प्रहरीले भट्टविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया


