• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने

  •   बुधबार, फागुन २७, २०८२ मा प्रकाशित

निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको तयारीका लागि आयोगको केन्द्रीय कार्यालयमा स्थापना गरेका विशेष एकाइ तथा समन्वय केन्द्रहरू बन्द गरेको छ ।

आयोगको मङ्गलबारको निर्णयअनुसार आजदेखि लागू हुनेगरी विशेष एकाइ र केन्द्रहरू बन्द गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोगले विशेष एकाइ तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो ।

निर्वाचन प्रक्रियासँग सम्बन्धित सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकार भएका निकायबीच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोगले गत पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र (इआइडिसी) स्थापना गरेको थियो ।

त्यस्तै, मतदाता र आमसर्वसाधारणका निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि गत माघ ५ गतेदेखि ‘कल सेन्टर’ र सुरक्षा निकायबीच सहकार्य तथा निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि गत माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) सञ्चालनमा ल्याइएकामा मतदान एवं मतगणनाको कार्य सम्पन्न भएपछि आजदेखि लागू हुनेगरी ती एकाइ र केन्द्र बन्द गरिएको उहाँले बताउनुभयो ।

सञ्चालन अवधिभर निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र मातहतको सूचना सदाचार प्रवर्द्धन एकाइले निर्वाचनसम्बन्धी ९९८ हानिकारक सूचना पहिचान र विश्लेषण गरी सम्बन्धित नियामक निकायमा पठाएको छ ।

यस्तै केन्द्र मातहतका विद्युतीय मतदाता शिक्षा एकाइले निर्वाचन प्रक्रिया, मतदाता शिक्षा तथा निर्वाचन सचेतनासम्बन्धी श्रव्यदृश्य (भिडिओ) र पोस्टर गरी ७०४ वटा सामग्री निर्माण गरी आयोगको डिजिटल प्लेटफर्मबाट प्रकाशन तथा प्रसारण गरेको छ ।

प्रेस कार्यालयले आयोगका काम कारबाहीको सूचना प्रवाह, सञ्चारमाध्यमसँगको समन्वय र प्रेस ब्रिफिङ, दैनिक पत्रपत्रिकाका सामग्री विश्लेषण, आचारसंहिताविपरीतका सामग्री पहिचान र कारबाहीका लागि सिफारिस तथा मतदाता शिक्षाका सामग्री निर्माण गरेको छ ।

साथै कल सेन्टरले मतदाता नामावली, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रियाका अन्य विषयसमेत गरी आम मतदाताका आठ हजार २२० जिज्ञासाको सम्बोधन गरेको आयोगले जनाएको छ ।

संयुक्त निर्वाचन सञ्चालन केन्द्रले मतपत्र र निर्वाचन सामग्री ढुवानीमा सुरक्षा समन्वय तथा ट्रयाकिङ गर्ने, हवाई ढुवानी कार्ययोजनाको तयारी र कार्यान्वयन एवं समन्वय, मतदान केन्द्रसम्म मतपत्र र निर्वाचन सामग्री ढुवानीको ट्रयाकिङका साथै निर्वाचन सुरक्षासम्बन्धी विभिन्न सूचना सङ्कलन, विश्लेषण, समन्वय र प्रतिवेदनलगायतका काम त्रुटिरहित तवरले सम्पादन गरी निर्वाचन सुरक्षा समन्वय र व्यवस्थापनलाई प्रभावकारी बनाउन सक्रियतापूर्वक कार्यसम्पादन गरेको छ ।

निर्वाचन अवधिमा केन्द्र र मातहतमा रही समन्वय, सूचना व्यवस्थापन तथा सेवा प्रवाहमा प्रत्यक्ष एवं परोक्ष रूपमा संलग्न भएकोमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग तथा सम्बन्धित कार्यमा खटिनुभएका विज्ञ तथा सम्पूर्ण कर्मचारीहरूको समर्पण, दक्षता र सक्रियताप्रति आयोगले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.