• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

फिल्म ‘हामी तीन भाइ’को ट्रेलर रिलिज

  •   सोमबार, चैत ०२, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र ०२
मधुुसुधन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’को ट्रेलर रिलिज भएको छ। सोमबार निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत फिल्मको ट्रेलर रिलिज गरेको हो।

ट्रेलरमा एउटा गाउँका तीन दाजुभाई बिनोद न्यौपाने,कुशल बिष्ट र फलित राई एकदमै मिल्छन्। उनीहरुका बुबा आमाले तीन भाई कहिल्यै नछुटिनु भनेर बितेका हुन्छन्। बुबाआमाको भनाईलाई आत्मसाथ गर्दै अगाडी बढेका तीनै भाई खेतबारी बारीमा होस् या कुनै काम। मिलेर गर्छन्। दाईले नकुटेको दिन किन आफुलाई दाईले कुटेनन् भनेर पनि गुनासो गर्छ। जब बिनोदका भाई कुशल र फलितले बिहे गर्छन् त्यसपछि उनीहरुको सम्बन्धमा दरार आउँछ। भनौ,भाईहरु छुटिनका लागि अंश माग्न थाल्छन्। कहिल्यै नछ्टिने दाजुभाईहरु जब अंशको कुरा गर्न थाल्छन्। त्यसपछि तीन दाजुभाईबीचको गहिरो संम्बन्धमा चिसोपना आउँछ। दाजुले रिसले त्यसो भए बुबा खोजेर लिएर आइज भनेपछि नम्कली बुबा राजाराम पौडेललाई खोजेर ल्याउँछन्। अहिले हाम्रो समाजमा भइरहेको जग्गा प्लटिङ गरेर धेरै कमाउने मान्छेहरु देखिन्छन्। सोही कथालाई समेत निर्देशक भट्टराईले कथामा मिसाएका छन्।

तीन दाजुभाईको खटपट कुन बेलामा हुन्छ भन्ने कुरामा समेत फिल्मको ट्रेलरले बोल्छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार विनोद न्यौपाने,लक्ष्मी बर्देवा,कुशल बिष्ट,जाहान्वी बस्नेत,फलित राई,आश्मा गिरी,राजाराम पौडेल,रविन्द्र झा लगायतलाई सबै अटाएका छन्। फिल्मलाई निर्देशक भट्टराईले कमेडी जनरामा मार्मिक कथा भन्न खोजेका छन्। सबै कलाकारहरुले लोभलाग्दो अभिनय गरेको देख्न सकिन्छ।

फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।

साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन्। प्रसिद्धि सिने आट्सर्् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। साथै कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।

फिल्मलाई शिव ढकालले खिचेको हुन् भने सम्पादन बनिश शाहले गरेका छन्। यस फिल्मको गीतमा संगीत साप शक्ति,बाबुल गिरीले भरेका छन्। नृत्य कमल राई इन्द्र देव महर्जन पाश्र्व संगीत सम्राट थापा ध्वनी मिश्रण मुकेश शाह,रंग संयोजक रेनिश फागोको छ।

यस फिल्मको सहायक सम्पादन क्यामोदिन मिया, श्रृंगार अशोक रोक्काको छ। फिल्ममा पाश्र्वसंगीत सम्राट थापाको छ भने द्धन्द्ध निर्देशन देव महर्जनले गरेका छन्। ग्राफिक्स एक्स समिर मिया,कला निर्देशक दिनेश लामा ‘गैंडा’,निर्माण नियन्त्रक सन्देश राई (भान्जा)ले गरेका छन् भने पोस्ट प्रोडक्सनको काम मोसन स्टूडियोले गरेको हो। फिल्मको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेलको छ भने प्रचार साम्रगी आइडियल डिजाइनर्सले तयार पारेको हो। फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ। फिल्म यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।

सोमबार, चैत ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु
‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • २.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ३.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ४.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ५.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ६.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ७.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

  • ८.
    शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.