• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

फिल्म ‘परालको आगो’को गीत ‘उडि जाउँ भने, म पंक्षी होइन’ ले छोटो समयमै दर्शकको राम्रो साथ

  •   शनिबार, चैत ०७, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र ०७
आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को ‘उडि जाउँ भने,म पन्छी होइन’बोलको गीतलाई दर्शक स्रोताले अत्यधिक रुचाएका छन्। सोमबार ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको यो गीतलाई अहिलेसम्म साँढे ११ लाख भन्दा बढि दर्शक पाएको छ। दिनको २ लाखभन्दा बढि दर्शकको साथ पाइरहेको छ। साथै उस्तै राम्रो प्रतिक्रिया पनि।

यो समाचार तयार पार्दासम्म गीतलाई १५ हजारले लाइक गरेका छन् भने ८ सय ५० हाराहारीले कमेन्ट गरेका छन्। अधिकांशको प्रतिक्रिया सकरात्मक रहेको छ। कमेन्टकर्ता रेनुका घलानले फिल्मको मुख्यअभिनेत्री तथा गीतमा फिचर्ड सुहाना थापाको प्रशंसा गरेकी छन्। उनी लेख्छिन्,‘कति राम्रो सुहाएको यो पहिरनहरुमा सुहानालाई।’

अर्का कमेन्टकर्ता समिर सुनारले पनि यस गीतमा अभिनय गरेका प्रकाश सपुत र सुहाना थापाकै प्रशंसा गरेका छन्। उनले त सुहाना थापा र प्रकाश थापाको फ्यान नै भएको प्रतिक्रिया दिएका छन्। उनी लेख्छन्,‘सुहाना थापा र प्रकाश सपुतका फ्यानहरु यता आउनु होला । ‘परालको आगो’फिल्मलाई सफलताको शुभकामना।’

नकरात्मक प्रतिक्रिया कसैले पनि दिएका छैनन्। साँढे ८ सय कमेन्टमा अधिकांशको सकरात्मक प्रतिक्रिया रहेको छ। यता अर्की कमेन्टकर्ता अन्जु थापाले गीतको प्रशंसामा समय खर्चिएकी छन्। उनले यो गीत जति सुनेपछि सुनिरहूँ लाग्ने यो कस्तो सङ होला भनेर प्रश्न गरेकी छन्।

उनी लेख्छिन्,‘जति सुने पनि सुनिरहनु मन लाग्ने यो कस्तो सङ होला?’

४५ वर्षअघि निर्माण भएको पुरानो फिल्म ‘परालको आगो’को रिलिजका समयमा पनि उतिकै चर्चामा रहेको थियो । यो गीत अहिले पनि नयाँ पुराना पुस्तालाई उतिकै मन छोएको देखिन्छ।

यस फिल्मका निर्माता सुशील पोखरेल गीतको चर्चा र प्रशंसाले उत्साहित बनेको देखिन्छन्। उनले शनिबार बिहानै गीतले एघार लाखभन्दा बढि दर्शक पाएको भन्दै दर्शकमाझ खुसी साँटेका छन्।

उनी भन्छन्,‘छोटो समयमै ११ लाख भन्दा धेरैपटक क्लिक भइसकेको ‘उडि जाउँ भने,म पंक्षी होइन’ बोलको गीत हेरेर प्रतिक्रिया पनिदिनु होला। यो माया,यो साथको लागी धेरै धेरै धन्यवाद । साथै हामी आभारी छौँ।’

गीतको भिडियोमा परालको आगोका मुख्य कलाकार सुहाना थापा,प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन्। उनीहरुको अभिनयलाई दर्शकले मन पराउनु साथै यस गीतको शब्दमा टिकटक तथा फेसबुक रिल्स समेत दर्शकले बनाएका छन्। त्यसबाट पनि निर्माण पक्ष उत्साहित बनेको हो। पुरानो कालजयी गीतलाई पुन रि–रेकर्डमार्फत दर्शकमा ल्याएकोमा यसकी संगीतकार शान्ती ठटाल पनि उत्साहित बनेकी छन्।

यस गीतको भिडियोमा सुहाना थापालाई साँच्चै नै उत्कृष्ट अभिनय गराइएको छ। रामजी लामिछानेले गरेको यस गीतको कोरियोग्राफीलाई दर्शकले समेत मन पराएका छन्।

नेपाली गीत संगीतको पहिलो कम्पोजर तथा एरेन्जर शान्ती ठटालको संगीतमा रहेको यस गीतमा निशु शर्माले गाएकी छन्। गीतको शब्द रचना मन बहादुर मुखियाको छ। यस गीतको ओर्जिनल गायिका अरुणा लामा हुन्। उनले चार दशक अघि गाएको यो गीत अहिले पनि उतिकै सान्दर्भिक रहेको छ। निर्माण टिमले अरुणा लामा समर्पित भन्दै गीतमार्फत सम्झिएको पनि गीतको भिडियोमा देख्न सकिन्छ। यस गीतको म्युजिक एरेन्ज बिनोद भुजेलले गरेका छन्।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन्।सुशील पोखरेलको लगानीमा निर्माण भएको यस फिल्मको निर्देशक भने लक्ष्मण सुनार हुन्। फिल्मलाई संकल्प भुजेलले खिचेको हुन् भने फिल्मको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । सम्पादन मिलन श्रेष्ठले गरेको यस फिल्मको रंग संयोजन कनाल कँवरको छ।

फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाको छ भने टिजर तथा ट्रेलर निर्माणको काम साहिल खानको छ। मुकेश शाहको मिक्सिङ रहेको यस फिल्मको निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।यस फिल्मको पाश्र्व संगीतमा किरण तुलाधरले गरेका छन्। फिल्मका गीतमा संगीत शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।

सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशनमा निर्माण भएको थियो।

शनिबार, चैत ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.