काठमाडौँ। गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरे को स्वरमा सजिएको ‘प्रेमको जीत’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।
प्रेम, रोमान्स र विरहको भाव समेटिएको यस गीतमा आर्यन सिग्देल को बेजोड अभिनय देख्न सकिन्छ। फिल्मी शैलीमा तयार गरिएको भिडियोमा आर्यनसँगै शंकर श्रेष्ठ र मोडल अश्विनी शाहीको पनि आकर्षक अभिनय रहेको छ।
करिब ८ मिनेट लामो वियोगान्त कथामा आधारित यस भिडियो बलिउड शैलीमा निर्माण गरिएको हो। निर्देशक केशव राज भट्ट ले मोडल अश्विनी शाहीलाई हट एण्ड बोल्ड अवतारमा प्रस्तुत गरेका छन्।
गीतमा लिखु सहयात्री को शब्द तथा संगीत रहेको छ भने एरेन्ज, मिक्सिङ र मास्टरिङ विषम आचार्य ले नै गरेका हुन्।
भिडियोको छायांकन करण चैसरले गरेका छन् भने सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका हुन्। भिडियो गायक शंकर श्रेष्ठकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


