• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

खरानी टकटक्याएर पुनरुत्थान

  •   सोमबार, चैत ३०, २०८२ मा प्रकाशित

नारायणगढ, चैत ३० गते । 

आमा म त फर्केर आएँ

खरानीबाट उठेर आएँ

कसरी देख्न सक्छु तिम्रो मुटु बलेको 

भाइ भाइबिच तरबार चलेको

इतिहास जलेको विश्वास ढलेको …

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रचना, दीपक शर्माको सङ्गीत तथा थानेश्वर गौतम, शान्तिश्री परियार, समीर खरेल, सहिमा श्रेष्ठ र सदीक्षा कट्टेलको स्वर रहेको यो गीत अहिले सामाजिक सञ्जालमा बेजोड चर्चामा (भाइरल) छ ।

गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा भएको क्षतिपछि बिस्तारै उठ्दै गरेको देशको अवस्थालाई चित्रण गर्दै बनाइएको यो गीत भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङको व्यावसायिक जीवनमा पनि मेल खान्छ । आन्दोलनमा क्षति भएका भाटभटेनीका स्टोर खरानीको जगमा पुनर्निर्माण गर्दै सञ्चालनमा ल्याउन सुरु गर्नुभएको छ । आफू पनि खरानीबाट उठ्दै बिस्तारै अघि बढेको गुरुङ बताउनुहुन्छ । “मैले मेरो विश्वास जल्न र ढल्न दिइनँ । त्यसैले बिस्तारै व्यवसायलाई निरन्तरता दिने योजनासाथ अघि बढेको छु,” उहाँले भन्नुभयो, “जे नहुनु थियो भइहाल्योे । केही कमजोरी भए पनि अब त्यो खरानीमै बिलाओस्, अब उप्रान्त राम्रो मात्र होस् ।” उहाँले मानव जीवन एक पटक आउने बताउँदै त्यो जीवनमा केही न केही गर्नुपर्ने आध्यात्मिक धारणा अघि सार्नुभयो ।

हाल ६६ वर्षीय मीनबहादुरले नेपाल बैङ्क लिमिटेडको जागिर छाडेर २०५० सालदेखि भाटभटेनीको थालनी गर्नुभएको हो । काठमाडौँमा सानो तथा खाद्य पसलबाट सुरु भएको उहाँको व्यापार सञ्जाल छोटो समयमै देशैभर फैलियो । तीमध्ये गत भदौ २४ को आन्दोलनमा उहाँको १२ वटा शाखा पूर्णतः नष्ट भए, १६ वटामा लुटपाट भयो ।

त्यसबाट १६ अर्ब रुपियाँभन्दा बढी क्षति भएको भाटभटेनीले जनाउँदै आएको छ । बिमा कम्पनीले दुई अर्ब तीन करोड क्षतिपूर्ति उपलब्ध गराएको भए पनि अरू आफ्नै पहलबाट उठ्दै गर्दा उहाँको अनुहारमा कुनै दुःखभाव देखिँदैन । पुनर्निर्माणमा कति खर्च लाग्यो भन्ने पनि पत्तो नभएको उहाँको प्रतिक्रिया छ ।

“खर्च कति भयो थाहा छैन । खर्च भइरहेको छ त्यो थाहा छ । विदेशबाट समेत सामान आइरहेको छ । सबै क्षेत्रको निर्माणको खर्च जोड्न बाँकी छ,” उहाँले भन्नुभयो । भाटभटेनीले जलेर नष्ट भएका १२ मध्ये चार वटा शाखा सञ्चालनमा ल्याइसकेको छ । चितवनको भरतपुरसँगै कोटेश्वर, महाराजगन्ज र बालुवाटारको वेयर हाउस सञ्चालनमा ल्याइएका छन् । अब आठ वटा पनि सञ्चालनमा ल्याउने तयारी छ । व्यवसायलाई समयसापेक्ष परिष्कृत गर्नुपर्ने पनि प्रेरक कुरा छ । उहाँले भन्नुभयो, “नोकियाको एकछत्र राज्य थियो । उसले अद्यावधिक गरेन तर सामसुङले समय बुझेर अद्यावधिक ग¥यो र अहिले एकछत्र राज्य गरिरहेको छ । यो कुरा बुझेर नै भाटभटेनीलाई समयसापेक्ष अद्यावधिक गर्दै छौँ ।”

यसरी उठ्दा अब सरकारले व्यावसायिक प्रतिष्ठानको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले ‘पहिलो नम्बर सुरक्षा नै हो । सुरक्षा राज्यले दिनैपर्छ । लगानीकर्तामा आत्मविश्वास बढाउन सक्नु पर्छ’ भन्नुभयो । “सबैभन्दा ठुलो दान क्षमादान हो । म मेरा भाटभटेनीमा आगो लगाउनेलाई क्षमादान दिन्छु,” उहाँले भन्नुभयो । विगतका विकृति विसङ्गति सबै जलेर जाऊन् भनेर नै पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएका भवनमा पहिले जलेको भवनका फोटामा गुरुङले नमस्कार गरेको तस्बिरसँगै लेखिएको हुन्छ, “हे भगवान् ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् ।”वसन्त पराजुली

सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.