• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

स्वस्तिमा खड्काको विश्वास– ‘लालीबजार’ सम्झनलायक फिल्म बन्नेछ

  •   शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित

काठमाडौं, नयिका स्वस्तिमा खड्काले फिल्म ‘लालीबजार’ आफ्नो लागि विशेष रहेको बताएकी छिन्।

शुक्रबार ट्रेलर रिलिज गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यो आफ्नो करिअरकै विशेष फिल्म बनेको बताइन्।

उनले भनिन्, ‘यो मेरो लागि निकै स्पेसल फिल्म बनेको छ। मैले गरेका फिल्ममध्ये धेरै समयसम्म सम्झिने र चर्चा हुने फिल्ममा यो पर्नेछ भन्ने विश्वास छ।’

उनले यो आमाको संघर्ष र सफलताको कथा रहेको बताइन्। शीर्ष भूमिकामा अभिनय गर्न र आमाको कथा प्रस्तुत गर्न पाउँदा निकै उत्साहित रहेको उनको भनाइ छ। फिल्ममा स्वस्तिमाले बादी समुदायकी महिलाको चरित्र निर्वाह गरेकी छन्।

ट्रेलरमा स्वस्तिमासँगै रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, समाइरा थापा, प्रशंसा सुवेदी र विशाल देवकोटालगायत कलाकारहरू फिचर्ड छन्।

कार्यक्रममा बोल्दै अभिनेता रविन्द्रसिंह बानियाँले फिल्मले एक महिलाको जीवनका विभिन्न आयाम समेटेको बताए। ‘हामीले एउटा सेटअपमा फिल्मको कथा व्यक्त गरेका छौं। तर यो आमा र छोरीको कथा हो। बाध्यता, विवशता, संघर्ष र सफलतालाई यसमा देखाइएको छ,’ उनले भने।

‘लालीबजार’ षट्कोण आर्टसले निर्माण गरेको हो। निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आर्टसबाट ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरूष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण भइसकेका छन्।

फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका हुन्।

‘लालीबजारको कथा निर्देशक थापाले नै ल्याउनुभएको हो, त्यसकारण यसलाई उहाँले नै नयाँ गर्नसक्नु हुन्छ भन्ने लागेर हामीले निर्देशनको प्रस्ताव गरेका हौं। अहिले हामीले सही निर्णय गरेका थियौं भन्ने लागेको छ। फिल्ममा निर्देशकको दिमागसंगै उहाँको देखाई र बुझाइ मिसिएको छ,’ कार्यकारी निर्माता प्रदीप भट्टराईले भने।

निर्देशक थापाले ‘रज्जा रानी’, ‘हुर्रे’, ‘मेरी मामु’ जस्ता विषयप्रधान फिल्मको निर्देशन गरिसकेका छन् भने ‘कोहिनूर’, ‘अञ्जिला’, ‘परान’ लगायतका फिल्मको पटकथामा काम गरिसकेका छन्। कथाकै छलफलका क्रममा निर्देशक थापासँग षट्कोण आर्टसको सहकार्य भएको थियो।

‘षट्कोण आर्टसले तराईको विषयमा एउटा फिल्म बनाउने तयारी गरेको थियो। सोहिक्रममा छलफल गर्न हाम्रो भेट भएको थियो। छलफलकै क्रममा राम्रो कथा पाएमा लगानी गर्ने रवीन्द्रसिंह बानियाँले भन्नुभयो। मसँग रहेको आमाको विषय मैले दिए, केही दिनमा यसमा काम गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त भयौं। त्यसरी लालीबजारको सुरूआत भएको थियो,’ निर्देशक थापाले भने।

निर्देशक थापाका अनुसार उनले धेरै अगाडिदेखि देख्दै र बुझ्दै आएको एउटा कथालाई फिल्मको स्वरूप दिएका हुन्।

‘यो आमा र छोरीको कथा हो, जो बादी समुदायका छन्। फिल्मले हाम्रो समाजको एउटा पाटोलाई चित्रण गरेको छ। यो फिल्मले हामीलाई सामाजिक विषयमा सोँच्न बाध्य बनाउनेमा विश्वस्त छु,’ निर्देशक थापाले भने।लालीबजार’ यही वैशाख १८ गतेदेखि प्रदर्शन तयारीमा छ।

शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.