रबि चन्द्र अधिकारी ,भरतपुर , बैशाख १२
सिर्जनशील टोल विकास संस्थाको छैटौं अधिवेशन तथा दशौं साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले पुनः नेत्र नारायण आचार्यलाई संस्थाको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा मधुकर तिवारी, उपाध्यक्षमा हरि मल्ल र सचिवमा अर्जुन गिरि निर्विरोध चयन भएका छन्। त्यसैगरी सह–सचिवमा नमकान्त सापकोटा र कोषाध्यक्षमा महालक्ष्मी खनाल निर्विरोध निर्वाचित भएका हुन्। सदस्यहरूमा शेरबहादुर अधिकारी, सम्झना कुँवर, विष्णुप्रसाद पौडेल, शारदा अधिकारी, शेरबहादुर बिक, प्रमिला बस्ताकोटी सिग्देल र विश्वराज बास्तोला चयन भएका छन्।

भरतपुर महानगरपालिका–५ का वडा अध्यक्ष युदा श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाले ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको थियो। साथै, गत वर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। यसै टोलका राम बिक, जसले एमबीबीएस छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्, उनलाई समेत सम्मान गरिएको थियो।

अधिवेशन तथा साधारण सभाको अवसरमा संस्थाले रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो, जसमा २७ जनाले रक्तदान गरेका थिए।

कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकारहरू विजय राज खनाल, हरिशरण पौडेल, बिर्खबहादुर अधिकारी र कुमार गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम संस्थाका अध्यक्ष नेत्र नारायण आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो।




