जेठ १४, चितवन । भरतपुर माहानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारीले अटो क्षेत्रको बिकासका लागि छुट्टै अटोल्यान्डको आवश्यकता रहेको बताएका छन् । अटोल्यान्डको बिकास भए मात्रै स्मार्ट शहरको बिकास हुने भन्दै उप-प्रमुख अधिकारीले यसका लागि माहानगरमा छलफल गर्ने बताए ।
चितवन अटो मेकानिकल व्यवसायी संघको २१ औं वार्षिक साधारण सभालाई आज (शनिबार) नारायणगढमा सम्बोधन गर्दै अधिकारीले अटोल्यान्ड स्मार्ट सिटीको एक अग भएको बताए । ‘राज्यका अन्य क्षेत्रहरुमा जस्तै मेकानिकल क्षेत्रमा पनि बिकास गर्ने समय आएको छ उनले भने, ‘माहानगरका गौरबका आयोजना मध्येमा अटोल्यान्ड पनि एक हो यसलाइ अगाडि बढाउने कुरामा माहानगर सकारात्मक छ ।’
कार्यक्रममा बागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबू श्रेष्ठले भरतपुरमा अटोल्यान्डको आवश्यकता रहेको भन्दै बिकासका सबै पूर्वाधारहरु भएको खण्डमा मात्रै स्मार्ट शहरको रेखा कोरिने बताए । उनले माहानगर भित्र रहेका सार्बजनिक जग्गाहरुको पहिचान गरेर अटोल्यान्डको स्थपना गर्न गाडि बढ्नु पर्नेमा जोड दिए ।

नेपाल अटो मेकानिकल व्यवसायी माहासंघका केन्द्रीय अध्यक्ष जनार्दन गैरले एक शहर एक अटोल्यान्ड हुनु पर्नेमा जोड दिए । अध्यक्ष गैरेले एउटा शहरमा एउटा अटोल्यान्ड स्थापना गर्न सके मात्र बिकासले फड्को मार्ने दाबी पनि गरे ।
कार्यक्रममा चितवन अटो मेकानिकल व्यवसायी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराई, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ, संघका कानुनी सल्लाहकार राज कुमार श्रेष्ठ, भरतपु १ का वडाध्यक्ष केशब मर्हजन लगायतले मन्तव्य राखेका थिए ।


