जेठ १४, भरतपुर । चितवनमा पहिलोपटक छालाको जाँचसहितको सौन्दर्य सामग्री बिक्री केन्द्र (स्किन एक्स्पिरियन्स सेन्टर) सञ्चालनमा आएको छ। भि.एम.भि.एस्थेटीक्स् गुरुपले नारायणगढमा सञ्चालनमा ल्याएको केन्द्रको नायिका स्वस्तिमा खड्काले बुधबार उद्घाटन गरेकी हुन् ।
काठमाडौँपछि पहिलो शाखाको रुपमा विज्ञ चिकित्सक र नर्सहरुबाट छालाको जाँच गरेर सौन्दर्य सामाग्री प्रदान गर्ने यो पहिलो सेवा केन्द्र हो । केन्द्रकी बजार प्रमुख ईशा जोशीले तीन वर्षअघि स्थापना भएको कम्पनीको काठमाडौँको महाराजगञ्जमा अहिले पनि केन्द्र सञ्चालनमा छ । केन्द्रमा आउने सेवाग्राहीले प्रयोग गरेर चित्त बुझेपछि मात्रै सामान खरिद गर्न सकिने व्यवस्था छ ।
केन्द्रमै छालाको परीक्षणसँगै ती सामग्री प्रयोग गरेर अनुभव लिन सकिन्छ । भारतको ¥यालीकोष, फिलिपिन्सको भिएमभी हाइपोएलोजेनिक्स् र स्पेनको मेसो एस्टोटिक कम्पनीका सौन्दर्यका सामग्री यहाँ पाईन्छ । बजारको आवश्यकता हेरेरै चितवनको बजारमा केन्द्र सञ्चालन गरेको उनको भनाइ छ । आवश्यकता र मागअनुसार बिस्तारै अन्य सहरहरुमा पनि शाखा बिस्तार गर्दै लैजाने योजना रहेको उनले बताइन् ।


