जेठ १४, भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड पहिराले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै शनिबार साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका ६ तोपेखोलामा गुडिहेको हायस बस र कार माथि पहिरो खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ गैरहेको ग १ ख ९९०९ नं.को यात्रुवाहक हायस बस र प्रदेश ३ ०१ ०२३ च ०५३५ नं. को कार माथि पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन् । हाईस माईक्रोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।
तपाईको प्रतिक्रिया


