• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

सुकुम्वासीसँगै पशुपन्छीको उद्धार

  •   मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित

काठमाडौँ, वैशाख १५ गते । बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिका बेला मानिस आफ्नो ज्यान जोगाउन व्यस्त हुँदा घरपालुवा पशुपन्छी बेवारिसे बन्ने समस्या नेपाली समाजमा लामो समयदेखि देखिँदै आएको छ । यस्ता सङ्कटका घडीमा पशुपन्छीको सुरक्षा, संरक्षण र व्यवस्थापन प्रायः ओझेलमा पर्ने गरेको यथार्थ नयाँ होइन । तर पछिल्लो समय काठमाडौँ उपत्यकाभित्रका खोला किनारमा अतिक्रमण गरी बसेका सुकुम्वासी बस्ती हटाउने क्रममा राज्यले मानवीय पक्षसँगै पशुपन्छी व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ । विपत् तथा बस्ती स्थानान्तरण सन्दर्भमा पशु कल्याणप्रति सरकारी दृष्टिकोणमा क्रमशः सुधार हुँदै गएको सङ्केत गरेको छ ।

बस्ती स्थानान्तरणका क्रममा मानिसलाई मात्र सुरक्षित स्थानमा सार्ने काम नभई उनीहरूले पालेका गाईबस्तु, कुखुरा, बाख्रा, हाँस, बङ्गुरलगायतका घरपालुवा जनावर संरक्षण, स्थानान्तरण र हेरचाहका लागि समेत पहल भएको पशु कल्याणको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले उल्लेख गरेका छन् । उनीहरू सरकारको आह्वानमा त्यस क्षेत्रमा स्वयम् पुगेर उद्धार, उपचार तथा पुनस्र्थापनामा क्रियाशील बनेका छन् ।

पशु सेवा विभाग तथा काठमाडौँ महानगरपालिकाको पशुपन्छी विकास शाखाको अगुवाइमा पशु कल्याण क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्था तथा स्वयंसेवकले प्रभावित क्षेत्रमा पुगेर जनावरको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र उपचारमा सक्रियता देखाएका हुन् । यस अवधिमा पशुपन्छीका लागि दानापानी अभाव, सरसफाइ कमी तथा रोगको जोखिम बढ्ने भएकाले पशु सेवा विभागसँगै एनिमल नेपाल, स्नेहाज केयरलगायतका एक दर्जन सङ्घ संस्थाले दानापानी वितरण, प्राथमिक उपचार, खोप तथा पुनस्र्थापना अघि बढाएका छन् ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले प्रभावित क्षेत्रमा आवश्यक औषधीसहित पशु चिकित्सकको टोली परिचालन गरिएको र बिरामी तथा घाइते जनावरको उपचार भइरहेको बताउनुभयो । बस्ती खाली गराउने क्रममा फेलापरेका चौपायालाई नजिकका गौशालामा पठाइएको छ भने असहाय तथा बिरामी कुकुरलाई सम्बन्धित पशु कल्याणकारी संस्थामा लगेर उपचार तथा हेरचाह व्यवस्था मिलाइएको छ । सो क्रममा घाइते पशुको उपचारसमेत गरिएको छ ।

काठमाडौँ महानगरपालिकाका कृषि तथा पशुपन्छी विभागले चौपायालाई कान्जी हाउसमा राखी व्यवस्थित रूपमा हेरचाह गरिँदै आएको र केही कुकुरलाई पशुप्रेमी अभियन्ताले जिम्मेवारीसाथ घर लगेको जनाएको छ । पशु कल्याणका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले खाना खुवाउने, संरक्षण गर्ने, सरसफाइ गर्ने तथा बिरामी भएका जनावरको उपचार गर्ने गरेका छन् । स्नेहाज केयरका संस्थापक स्नेहा श्रेष्ठले घाइते तथा बेवारिसे जनावरको उद्धार, पुनस्र्थापना र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने कार्य निरन्तर भइरहेको बताउनुभयो । यस्ता गतिविधिमा सरकारी निकायको समन्वय र सहयोग बढ्दै जाँदा पशु कल्याणका क्षेत्रमा काम गर्ने संस्था थप उत्साहित भएको उहाँले बताउनुभयो ।

विपत् व्यवस्थापन र बस्ती स्थानान्तरणका क्रममा पशुपन्छीलाई समेत समेट्ने प्रयासले मानव र पशुबिचको सहअस्तित्वलाई सम्मान गर्ने दिशामा सकारात्मक सन्देश दिएको अभियन्ता इरफान खानले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । उहाँ तीन दिनयता सुकुमवासी बस्तीका गाईको उद्धारमा सक्रिय भएर लाग्नुभएको छ ।

सरकारी तथा गैरसरकारी निकायबाट सुकुमवासी बस्तीमा उद्धार र पुनस्र्थापना गरिएका पशु चौपायाको सङ्ख्या यकिन नभए पनि धेरैले बङ्गुर, खसी, बाख्रा बिक्री गरेको र कुकुरको सङ्ख्या भने सुकुमवासी बस्तीमा अधिक रहेको पाइएको छ । त्यहाँ केही सङ्ख्यामा बिरालो भए पनि धेरै सङ्ख्यामा सामुदायिक तथा घरमा पालिएका कुकुरको सङ्ख्या रहेको र केही सङ्ख्यामा चौपाया पनि रहेको अभियन्ता श्रेष्ठले बताउनुभयो ।

पशु कल्याणको विषय मूलतः पशु अधिकारसँग जोडिएको हुने भएकाले पशुलाई उचित व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज शाहीले बताउनुभयो । उहाँले आफूहरूले गैरसरकारी क्षेत्रसँग आवश्यक परामर्श गरेर सुकुमवासी बस्तीमा पशु चौपायाको उद्धार पुनस्र्थापनाका लागि सहकार्य गरिरहेको बताउनुभयो ।

मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.