• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

नेपाल र भारतका उच्च सुरक्षा अधिकारीबिच समन्वय बैठक सम्पन्न

  •   बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित

नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा, आवागमन व्यवस्थापन, रेल सञ्चालन तथा द्विपक्षीय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले रुपैडिहास्थित इन्टिग्रेटेड चेक पोस्ट (आइसिपी)मा दुबै देशका उच्च सुरक्षा अधिकारीबिच समन्वय बैठक सम्पन्न भएको छ ।

बैठकमा भारतको सशस्त्र सीमा बल (एसएसबी) ४२ औँ वाहिनी, नेपालको सशस्त्र प्रहरी (एपिएफ) तथा भारतको पूर्वोत्तर रेलवेका वरिष्ठ अधिकारीको सहभागिता थियो । बैठकमा सीमा व्यवस्थापन, यात्रु आवागमनमा सहजता, रेल सेवा सञ्चालन तथा सुरक्षा संयन्त्रबिचको सहकार्यका विषयमा विस्तृत छलफल गरिएको सशस्त्र प्रहरी लुम्बिनी प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुँवरले जानकारी दिनुभयो ।

एसएसबी ४२औँ वाहिनीका कमान्डेन्ट गिरीश चन्द्र पाण्डेयले बैठकको मुख्य उद्देश्य भारत र नेपालबिचको समन्वयलाई अझ सुदृढ बनाउँदै सीमा क्षेत्रमा सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेको बताउनुभयो । सो बैठकमा एसएसबीका डिआइजी वी. विक्रमन र मुन्ना सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक कुँवर लगायत दुवै देशका सुरक्षा निकायका उच्च अधिकारीको उपस्थित थियो ।

त्यसैगरी भारतीय रेलवेका सिनियर डिभिजनल अपरेसन म्यानेजर अनुजकुमार सिंह तथा यातायात विभागका अधिकारीको सहभागिता थियो ।बैठकपश्चात् सहभागी दुबै देशका अधिकारीले रुपैडिहास्थित नवनिर्मित नेपालगन्ज रोड रेलबे स्टेसनको स्थलगत निरीक्षण गर्दै त्यहाँको पूर्वाधार, सुरक्षा व्यवस्था तथा सञ्चालन तयारीबारे जानकारी लिनुभयो ।

निरीक्षणका क्रममा नेपाल-भारत रेल कनेक्टिभिटी, नेपालसम्म भारतीय रेलको पहुँच तथा विभिन्न पूर्वाधार परियोजनाबारे समेत विस्तृत जानकारी आदानप्रदान गरिएको थियो । भारतीय रेलवेका सिनियर डिभिजनल अपरेसन म्यानेजर सिंहले यही महिनाको अन्त्यसम्म नेपालगन्ज रोडबाट रेल सेवा सञ्चालन हुने अपेक्षा गरिएको जानकारी दिँदै सेवा सुरु भएपछि समय तालिका वा व्यवस्थापनमा देखिने समस्यालाई आवश्यकता अनुसार सुधार गरिने बताउनुभयो ।

कार्यक्रममा एसएसबी ४२औँ वाहिनीका डिप्टी कमान्डेन्ट शशि भूषण, सहायक कमान्डेन्ट अमित कटियार, सुनील कुमार, शान्ति लगायत सुरक्षा अधिकारीहरू तथा नानपारा रेलवे पुलिस फोर्सका प्रभारी उपनिरीक्षक धनवन्त सिंहसहित अन्य कर्मचारीको उपस्थिति थियो । कार्यक्रमका क्रममा दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा, आपसी सहकार्य र ‘इको फ्रेन्डली’ पहललाई प्रवर्धन गर्दै द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको एसएसबी ४२औँ वाहिनीका कमान्डेन्ट गिरीश चन्द्र पाण्डेयले बताउनुभयो ।

 

बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.