• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

नेपाल र भारतका उच्च सुरक्षा अधिकारीबिच समन्वय बैठक सम्पन्न

  •   बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित

नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा, आवागमन व्यवस्थापन, रेल सञ्चालन तथा द्विपक्षीय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले रुपैडिहास्थित इन्टिग्रेटेड चेक पोस्ट (आइसिपी)मा दुबै देशका उच्च सुरक्षा अधिकारीबिच समन्वय बैठक सम्पन्न भएको छ ।

बैठकमा भारतको सशस्त्र सीमा बल (एसएसबी) ४२ औँ वाहिनी, नेपालको सशस्त्र प्रहरी (एपिएफ) तथा भारतको पूर्वोत्तर रेलवेका वरिष्ठ अधिकारीको सहभागिता थियो । बैठकमा सीमा व्यवस्थापन, यात्रु आवागमनमा सहजता, रेल सेवा सञ्चालन तथा सुरक्षा संयन्त्रबिचको सहकार्यका विषयमा विस्तृत छलफल गरिएको सशस्त्र प्रहरी लुम्बिनी प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुँवरले जानकारी दिनुभयो ।

एसएसबी ४२औँ वाहिनीका कमान्डेन्ट गिरीश चन्द्र पाण्डेयले बैठकको मुख्य उद्देश्य भारत र नेपालबिचको समन्वयलाई अझ सुदृढ बनाउँदै सीमा क्षेत्रमा सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेको बताउनुभयो । सो बैठकमा एसएसबीका डिआइजी वी. विक्रमन र मुन्ना सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक कुँवर लगायत दुवै देशका सुरक्षा निकायका उच्च अधिकारीको उपस्थित थियो ।

त्यसैगरी भारतीय रेलवेका सिनियर डिभिजनल अपरेसन म्यानेजर अनुजकुमार सिंह तथा यातायात विभागका अधिकारीको सहभागिता थियो ।बैठकपश्चात् सहभागी दुबै देशका अधिकारीले रुपैडिहास्थित नवनिर्मित नेपालगन्ज रोड रेलबे स्टेसनको स्थलगत निरीक्षण गर्दै त्यहाँको पूर्वाधार, सुरक्षा व्यवस्था तथा सञ्चालन तयारीबारे जानकारी लिनुभयो ।

निरीक्षणका क्रममा नेपाल-भारत रेल कनेक्टिभिटी, नेपालसम्म भारतीय रेलको पहुँच तथा विभिन्न पूर्वाधार परियोजनाबारे समेत विस्तृत जानकारी आदानप्रदान गरिएको थियो । भारतीय रेलवेका सिनियर डिभिजनल अपरेसन म्यानेजर सिंहले यही महिनाको अन्त्यसम्म नेपालगन्ज रोडबाट रेल सेवा सञ्चालन हुने अपेक्षा गरिएको जानकारी दिँदै सेवा सुरु भएपछि समय तालिका वा व्यवस्थापनमा देखिने समस्यालाई आवश्यकता अनुसार सुधार गरिने बताउनुभयो ।

कार्यक्रममा एसएसबी ४२औँ वाहिनीका डिप्टी कमान्डेन्ट शशि भूषण, सहायक कमान्डेन्ट अमित कटियार, सुनील कुमार, शान्ति लगायत सुरक्षा अधिकारीहरू तथा नानपारा रेलवे पुलिस फोर्सका प्रभारी उपनिरीक्षक धनवन्त सिंहसहित अन्य कर्मचारीको उपस्थिति थियो । कार्यक्रमका क्रममा दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा, आपसी सहकार्य र ‘इको फ्रेन्डली’ पहललाई प्रवर्धन गर्दै द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको एसएसबी ४२औँ वाहिनीका कमान्डेन्ट गिरीश चन्द्र पाण्डेयले बताउनुभयो ।

 

बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.