आशिष अधिकारी -जेठ १५।भरतपुर माहानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले २०७२ मा जारी भएको जेष्ठ नागरिक सम्बन्धिको धारा किताबी खिर भएको बताउनु भएको छ । उप प्रमुख अधिकारीले २०७२ मा जारी भएको नेपालको सबिधानको धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट बिशेष सरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भन्ने बुदा किताबी खिर जस्तै हल्का भएको बताउनु भयो ।
जेष्ठ नागरिक सम्बन्धि निति तथा कार्यक्रम तर्जुमा बागमती प्रदेश स्तरीय कार्यशाला गोष्ठीलाई आज आइतबार देबघाटमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले जेष्ठ नागरिक राज्यका अभिभावक भएकै कारण उनिहरुलाइ राज्यले विभेद गर्न नहुने बताउनु भयो । उहाँले पुर्बाधार मात्र बिकाश नभएर जेष्ठ नागरिकको समस्या समाधान गर्नु पनि बिकाशकै स्वरुप भएको समेत प्रष्ट पार्नु भयो । उप प्रमुख अधिकारीले भरतपुर माहानगरपालिकाका २९ वटै वडामा जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्ने तयारीमा माहानगर रहेको पनि बताउनु भयो ।
उहाले माहानगरको उप प्रमुखको सचिबालय जेष्ठ नागरिकका लागि २४ सै घन्टा खुल्ला रहने समेत प्रतिबद्धता जाहेर गर्नु भयो । गोष्ठीमा जेष्ठ नागरिक माहासघका केन्द्रिय अध्यक्ष छत्र बहादुर प्रधानले जेष्ठ नागरिक सस्कृतिको धरोहर भएको बताउनु भयो । उहाँले जेष्ठ नागरिकलाई राज्यले दोस्रो दर्जाको रुपमा हेरेको भन्दै राज्यबाट पाउनु पर्ने सेवा सुबिधाहरु नपाएकोमा आपत्ति प्रकट गर्नु भयो ।
दुइ दिन सम्म चल्ने गोष्ठीको उदघाटन सत्रमा जेष्ठ नागरिक माहासघका केन्द्रिय उपाध्यक्ष शारदा चन्द, माहासघका केन्द्रिय सदस्य सुर्य प्रसाद श्रेष्ठ, बासुदेब पन्डित, जेष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदारनाथ तिमिल्सिना, संघका धादिङ अध्यक्ष बासुदेब शर्मा, संघका रामेछाप अध्यक्ष नारायणदत्त श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियोे । गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिहरुको सहभागीता रहेको छ । नेपालमा ३० लाख भन्दा बढी जेष्ठ नागरिकहरु रहेको २०७८ को जनगणनाले देखाएको छ ।


